काठमाडौँ, १३ साउन । मन्त्रिपरिषद्ले यही साउन ८ गते २१ जनाको कैद माफी दिने गरी गरेको निर्णय गैरकानुनी भएको दाबी गर्दै तीन जना कानुन व्यवसायीले सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता गरेका छन् ।
अधिवक्ता रोशनकुमार झा, सुरेश महतो र प्रभुचन्द्र झाले संयुक्तरुपमा दायर गरेको रिट निवेदनमा भ्रष्टाचारमा मुछिएका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई दिइएको माफी कानुन बिपरित भएको दाबी गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय, संविधानसभा तथा संसदीय ममिला मन्त्रालय, राष्ट्रपति कार्यालय र गृहमन्त्रालयलाई बिपक्षी बनाई दायर गरेको रिट निवेदनमा सरकार आफैँले बनाएको मापदण्ड र भ्रष्टाचार विरुद्धको महासन्धिविरुद्ध माफी दिएकाले मन्त्रिपरिषद्को यही साउन ८ गतेको निर्णय बदर गर्नुपर्ने माग गरिएको छ ।
रिट निवेदनमा माफी दिने कार्यले समाजमा दण्डहीनताले प्रश्रय पाउने र भ्रष्टाचारजन्य क्रियाकलाप गर्न मनोबल बढ्ने हुँदा सो निर्णय तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित