आदिस आबाबा, १२ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार अफ्रिकी युनियनमा सम्बोधन गर्ने भएका छन् ।
उनले मङ्गलबार इथियोपियामा रहेको सो युनियनमा विशेष सम्बोधन गर्ने बताइएको छ । युनियन अध्यक्षले सो विषयमा जानकारी दिएका हुन् ।
राष्ट्रपति ओबामा आइतबार अबेर राति इथियोपियाको राजधानी आदिस आबाबा पुगेका छन् । अमेरिकी राष्ट्रपतिबाट दुर्लभै मात्र हुने यी अफ्रिकी राष्ट्रहरुको भ्रमणका लागि उनी त्यसतर्फ लागेका हुन् ।
अमेरिकी राष्ट्रपति ओबामा यस युनियनलाई सम्बोधन गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुने पनि समाचारमा जनाइएको छ ।
उनी पूर्वी अफ्रिकन देशहरुको औपचारिक भ्रमणको क्रममा केन्याको ऐतिहासिक दुईदिने भ्रमण पूरागरी आइतबार इथियोपिया पुगेका थिए । ओबामा यी अफ्रिकी देशहरुको भ्रमणगर्ने प्रथम अमेरिकी राष्ट्रपति हुन् । उनले यसअघि इथियोपियाको छिमेकी देश केन्याको भ्रमण गरेका थिए ।
ओबामाले आदिस आबाबास्थित अफ्रिकी युनियन (एयु) को मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी यसअघि नै दिइएको थियो ।
यसअघि उनले एयुको अध्यक्षसँग द्वीपक्षीय वार्तासमेत गरिसकेका छन् । त्यस क्रममा उनले उक्त युनियनमा अफ्रिकी राष्ट्रहरुका लागि अमेरिकाको सहयोगका साथै शान्ति सुरक्षा र मानवअधिकारका बारेमा आफ्ना धारणा राखेका थिए ।
उनले सोमबार नै इथियोपियाका प्रधानमन्त्री हेलमारिन देसागेनसँग भेटवार्ता गरिसकेका छन् । देसालेन दुई महिनामात्र अघि सत्तामा आएका थिए ।
सो भेटका क्रममा उनले इथियोपियाले आर्थिक विकासका मार्गहरु तय गरिसकेको भन्दै अब अगाडि बढ्नुपर्ने सुझाएका थिए ।
साथै उनले त्यहाँ मानवअधिकारको संरक्षण र सम्बर्धन गर्न आवश्यक रहेको भन्दै यसका लागि पनि गम्भीर बन्न आग्रह गरेको बताइएको छ ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित