
कावासोती, ८ साउन । नवलपरासीमा वार्षिक ६३ हजार मेट्रिक टन दूध उत्पादनबाट जिल्लाले रु तीन अर्ब कमाउँछ । यसबाट वार्षिक चार हजार ३१५ जनालाई रोजगारी सिर्जना भएको छ ।
पशु फार्मले घाँस उत्पादनदेखि, दूध उत्पादन, डेरी सञ्चालन र मासुमा समेत काम गर्ने अवसर सिर्जना गरी रोजगारी प्रदान गर्दै आएको छ । यिनै फार्ममा आधारित भई करिब १५० वटा मासु पसल सञ्चालनमा छन् । एक पसलमा कम्तीमा दुईजनाले रोजगार पाएका छन् । मासु पसलले ३०० जनालाई रोजगार दिएको वरिष्ठ पुश विकास अधिकृत शङ्कर साहले बताए ।
“घाँस, बीउ उत्पादनमा पनि किसान लागेका छन् । यसले पनि सयौँ व्यक्तिले रोजगार पाएका छन्” उनले भने । दूध उत्पादनमै आधारित दूध डेरीमा पनि १२५ जना कर्मचारीले काम गर्दै आएका छन् । सञ्चालनमा आएका दुग्ध सहकारीहरुमा पनि ५० भन्दा बढी कर्मचारीले काम गर्दै आएका छन् । कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका ५०० भन्दा बढी पशु फार्म रहेको साहले जानकारी दिए ।
कम्तीमा रु १० लाखदेखि रु तीन करोड लगानी भएका फार्म जिल्लामा छन् । यसमा अर्बाैं रुपैयाँको लगानी भएको छ । “बैंक तथा वित्तीय संस्थाले पशु फार्ममा लगानी गर्दै गए रोजगारी सिर्जना हुन्छ” साहले भने । जिल्लामा फस्टाउँदै गएको पशु फार्मले पाँच हजार युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित