स्कटल्यान्डमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि राष्ट्रिय क्रिकेट टोलीमा फेरबदल भएको छ ।
यही साउन १३ र १५ गते हुने उक्त प्रतियोगिताका लागि ट्वान्टी–ट्वान्टी विश्वकप प्रतियोगितामा घोषित १५ सदस्यीय टोलीमा अविनाश कर्ण र महेश क्षेत्रीलाई समावेश गर्दै प्रतियोगितामा सहभागिता जनाउने भनिएको थियो । तर प्रतियोगितामा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेपछि नेपाली टोलीमा फेरबदल गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका महासचिव उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।
ओपनर सुवास खकुरेल, विनोद भण्डारी र जीतेन्द्र मुखियालाई प्रतियोगिताबाट हटाइएको छ । खकुरेल र भण्डारीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा हटाइएको हो भने मुखिया ट्वान्टी–ट्वान्टी प्रतियोगिताको लागिमात्र छनोट भएको हुँदा उनले सहभागिता जनाउने छैनन् ।
त्यस्तै, उनीहरूको सट्टामा विकेट किपर महेश क्षेत्री, अल राउन्डर पृथु बाँस्कोटा र बलर अविनाश कर्ण सहभागी हुनेछन् । त्यस्तै, सागर पुनले पनि प्रतियोगितामा सहभागिता जनाउने छैनन् । खेलको दौरानमा घाइते भएको हुँदा सागरलाई पनि नेपाल बोलाउने तयारी भएको क्यानले जनाएको छ ।
पृथु अहिले बेलायतमा केन्ट क्रिकेट लिगको डिभिजन २ मा अपचर्च क्रिकेट क्लबबाट खेलिरहेका छन् । उनले त्यहाँ पहिलो खेलमै नट आउट १४६ रन बनाएका थिए । त्यस्तै, बेलायतकै टुन क्रिकेट क्लबबाट खेलिरहेका महेशले पनि पहिलो खेलमा नटआउट ६४ रन बनाएका थिए ।
यसअघि, एक दिवसीयका लागि १५ सदस्यीय टोलीमा नपरेका सिद्धान्त लोहनीलाई समेत स्कटल्यान्ड लगिने भएको छ । ट्वान्टी–ट्वान्टी विश्वकप छनोटको अन्तिम जर्सीविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई स्कटल्यान्ड लगिने भएको हो ।
प्रतियोगितामा डेब्यु गरेका लोहनीले त्यतिबेला २७ रन जोडेका थिए । उनले १६ बलमा दुई छक्का र दुई चौकाको मद्धतमा २७ रन जोडेका हुन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित