काठमाडौँ, १ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०२औँ बोर्ड बैठकले साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा गर्ने निर्णय गरेको छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा बसेको बैठकले मङ्सिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै भारतमा हुने बाह्राँै दक्षिण एसियाली प्रतियोगिता (साग)मा नेपालले सहभागिता जनाउने निर्णायसमेत भएको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।
बैठकले विभिन्न समयदेखि राखेपमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको स्थायी प्रक्रिया तथा दश वर्षदेखि कर्मचारीको रोकिएको बढुवा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । गत वर्ष दक्षिण कोरियाको इन्चोन सहरमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने क्रममा घाइते तेक्वान्दो खेलाडी सक्षम कार्कीको उपचारका लागि सरकारसँग आर्थिक सहयोगका लागि पहलसमेत गर्ने निर्णय बैठकले गरेको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ