लन्डन । रेडिङस्थित वृद्ध भूपू गोर्खाहरु आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकलाई भन्न असक्षम रहेको प्रतिवेदन सार्वजनिक भएको छ । रेडिङ बरो काउन्सिलको निगरानीमा हेल्थ वाच रेडिङले गरेको सर्वेक्षणले ८५ प्रतिशत भूपू गोर्खाले चिकित्सकलाई आफ्नो स्वास्थ्य समस्या र लक्षण बताउन नसक्ने उजागर गरेको छ ।
रेडिङस्थित दुई हजार ७२५ जना भूपू गोर्खा वृद्धवृद्धामाझ सर्वेक्षण भएको हो ।
त्यस्तै, सहभागीमध्ये ८१ प्रतिशतले दोभाषेसित सूचीकृत नभएको, ९५ प्रतिशतले आंखा परिक्षण गराउंदा दोभाषे नदिएको र ८१ प्रतिशतले दोभाषे चाहेको बताएका प्रतिवेदनमा उल्लेख छ । रोयल बर्कसायर हस्पिटल र जिपी सर्जरी जांदा ति वृद्धवृद्धाले दोभाषे सेवा नपाएको प्रतिवेदन देखाउंछ । रोयल बर्कसायर हस्पिटलले भने हेल्थ वाचलाई दुई साताको अग्रिम सूचना पाए दोभाषे उपलव्ध गराइने बताएको छ । तर, हस्पिटलमा विरामीको सुविधाका लागि नेपाली भाषामै लिफलेट उपलव्ध रहेको उल्लेख छ ।
सर्वेक्षण गरिएका मध्ये अधिकांश मधुमेह, मुटु रोग, युरिक एसिड र रक्तचाप सम्वन्धि रोगले पीडित छन् । कतिपयमा सेवाका बेला युद्ध मैदानमा बन्दुक, बमको आवाजले गर्दा अहिले श्रवण शक्ति कम रहेको पाइएको छ ।
हेल्थ वाच रेडिङको उक्त प्रतिवेदन अनुसार, रेडिङ बस्ने ६० देखि ७५ वर्ष उमेर समूहका वृद्धवृद्धा नेपालको दुर्गम गाउंबाट आएका हुन् । आफ्ना सन्तान नेपाल भएकाले उनीहरुले यहां पारिवारिक रेखदेख नपाएको प्रतिवेदनमा उल्लेख छ । अधिकांश भूपू गोर्खाका श्रीमतिहरु साक्षर नभएकाले उनीहरुलाई अंग्रेजी समस्या भएको पनि सर्वेक्षणले बताएको छ ।
प्रतिवेदनले धेरै गोर्खा परिवार न्यून आयमा बांचिरहेको, अर्काले लिएको घर भाडामा बसेको र कतिपय त हिटिङ सुविधा लिन समेत असमर्थ रहेको देखाएको छ । तर, ति वृद्धवृद्धालाई रेडिङस्थित भूपू गोर्खा संगठन र अन्य सामुदायिक संघसंस्थाले भने साथ दिएको जनाइएको छ ।
यसैबीच, रेडिङ एनएचएस वाक इन सेन्टरले नेपाली बोल्ने विरामीहरुलाई जनचेतना जगाउन कफी मर्निङ राख्ने योजना बनाइरहेको छ ।
उक्त प्रतिवेदन आजै अबेर काउन्सिलको हेल्थ एण्ड वेल बीइङ बोर्ड समक्ष प्रस्तुत हुने र उसले यसबारे समिक्षा गर्ने गेट रेडिङले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा