हाल बेलायत भ्रमणमा रहेका नेपाल ब्रिटेन च्याम्बर अफ कमर्शका अध्यक्ष तथा पूर्व सभासद राजेन्द्र खेतानले नयाँ बन्ने संविधानमा उहाँले गैरआवासीय नेपालीहरुकालागि सम्पत्तीको हक, यात्राको हक तथा मताधिकार सहितको नागरिकता दिन कुनै अप्ठेरो नहुने बताएका छन् । एउटै आमाका सन्तानलाई कुनै भेदभाव गरिनुहुँदैन भन्दै उनले कर्मचारी संयन्त्र र राजनीतिक चुनाव लडनमा चाहिं गैर आवासीय नेपालीहरुमाथि केही प्रतिबन्ध लगाउन सकिने जनाए ।
गैर आवासीय नेपाली संघ युकेद्वारा आफ्नो स्वागतमा इलिङ ब्रोडवेस्थित मोन्टीज रेष्टुरेण्टमा मंगलबार बेलुका आयोजित कार्यक्रममा बोल्दै उद्योगपति खेतानले संसारभरि छरिएका गैर आवासीय नेपाली संघका राष्ट्रिय परिषदहरुले एउटा, एउटा गाउँको पुनर्निर्माणको जिम्मा लिएर जाँदा राम्रो हुने सुझाव दिए । उनले गैरआवासीय नेपाली आन्दोलन जातिगत रुपमा विभाजित हुनसक्ने खतरा देखिएको भन्दै विदेशमा बसोबास गरिरहेका सबै नेपालीहरुलाई दलगत तथा जातिगत स्वार्थभन्दा माथि उठन अपील पनि गरे । उनले नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विश्वसनीयता कायम राख्न पनि नयाँ संविधान दिनैपर्ने बताए ।
गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष महेन्द्र कँडेलले नयाँ बन्ने संविधानमा गैर आवासीय नेपालीहरुलाई पूर्ण अधिकार सहितको नागरिकता सुनिश्चित नभएसम्म संघले आन्दोलन जारी राख्ने बताए । उनले गैर आवासीय नेपाली संघ युकेमा विगतमा देखिएको विवादलाई दुर्भाग्यपूर्ण भन्दै संस्थाको गरिमा बढाउन आफुहरु लागिपर्ने अठोट पनि व्यक्त गरे । अध्यक्ष कँडेलले नेपालका युवा शक्तिलाई उद्योगसंग जोडन आवश्यक रहेको भन्दै खेतानजस्ता उद्योगपतिहरुले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
सो अवसरमा बोल्दै प्रवासी नेपाली मन्च युकेका अध्यक्ष रामशरण सिंखडाले राज्यलाई कमजोर बनाउने काम कसैले गर्न नहुने भन्दै गैर आवासीय नेपालीहरुकालागि पूर्ण नागरिकता प्राप्तिकालागि आफुहरु लागिरहने बताए । त्यस्तै एनआरएनए आइसिसि सदस्य विश्वआदर्श पण्डितले गैर आवासीय नेपालीहरुलाई नागरिकता दिन झण्डै पचासवटा कानुनहरु संशोधन गर्नुपर्ने स्थिति रहेको बताउँदै नेपालमा राजनीतिक अधिकार माग्ने एनआरएनहरुले आफ्नै संगठनभित्र सदस्यहरुको राजनीतिक आवद्धतामाथि प्रतिबन्ध लगाउन खोज्नु विरोधाभासपूर्ण भएको बताए ।
सो अवसरमा एनआरएनए आइसिसि सदस्य सुषमा राई, एनआरएनए युकेकी उपाध्यक्ष शान्ति थापा कुँवर, संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, वरिष्ठ व्यवसायी ध्रुव केसी, सुवासिंग गुरुङ लगायतका वक्ताले नयाँ संविधानमा नेपाली नागरिकताको निरन्तरताको प्रत्याभूति गरिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रम सन्चालन गैर आवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले गरेका थिए । कार्यक्रममा राजेन्द्र खेतान तथा उनकी धर्मपत्नी सारिका खेतानलाई खादा लगाइ सम्मान गरिएको थियो।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ