काठमाडौँ, २९ असार । सरकारले भूकम्पबाट पूर्ण क्षति भएका देशभरका बौद्ध गुम्बाको पुरानै स्वरुप हुने गरी पुनःनिर्माण गर्ने भएको
छ ।
अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका संसद्मा आव २०७२, ०७३ का लागि बुधवार प्रस्तुत गरेको बजेटमा त्यस्ता ऐतिहासिक सम्पदाका रुपमा रहेका, भत्किएका तथा जोखिममा रहेका गुम्बाको पुनःनिर्माण तथा जीर्णोद्वारका लागि स्थानीय उत्पादनको प्रयोग गरी नयाँ प्रविधिको उपयोग गरिने बताइएको छ । गुम्बा विकास समितिका अनुसार भूकम्पका कारणले देशभर रहेका एक हजारभन्दा बढी गुम्बामा क्षति पुगेको छ ।
त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय नगरीका रुपमा विकास गर्न बौद्ध परिपथ निर्माण गरिने बजेटमा उल्लेख छ ।
बजेटमा मेसिन रिडेबल र ई–पासपोर्टको व्यवस्था
सरकारले आगामी आर्थिक वर्षभित्र सबै हस्तलिखित राहदानीलाई यन्त्रले पढ्ने (मेसिन रिडेबल) राहदानीले प्रतिस्थापन गर्नुका साथै विद्युतीय राहदानी (ई–पासपोर्ट) को सुरुवात गर्ने भएको छ ।
बजेटमा अध्यागमनसम्बन्धी प्रक्रियालाई सरल र स्वचालित गर्ने जनाइएको छ । साथै आगामी आर्थिक वर्षदेखि विद्युतीय प्रवेशाज्ञा प्रणालीको थालनी हुने भएको छ ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा रामशरण महतले विदेशस्थित नेपाली नियोगहरूलाई वैदेशिक लगानी, पर्यटन, निर्यात व्यापार प्रवद्र्धनमा योगदान पुरयाउने गरी आर्थिक कूटनीति परिचालन गर्न सक्षम तुल्याइने बताए । नेपाली नियोगहरूका लागि आवश्यक घर तथा जग्गा खरिदलाई प्राथमिकतामा राखिएको बताउँदै उनले त्यसका लागि रू दुई अर्ब विनियोजन गरिएको जानकारी दिए ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते