
हामी सानैदेखि भगवान् बादलमाथि बस्नुहुन्छ भनेर सुन्दै हुर्कियौँ। देवता र दानवहरूले अमृतका लागि समुद्र मन्थन गरेको कथा पनि हाम्रो परिचित विरासत हो। यस्ता कथा, विश्वास र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मूल्य–मान्यताहरूले हाम्रो सोचलाई आकार दिन्छन्। पूर्वीय दर्शनले यही प्रक्रियालाई बुझाउन एउटा गहिरो शब्द प्रयोग गर्छ—संस्कार।
आज हामी संस्कारलाई प्रायः संस्कृति वा राम्रो बानीका रूपमा बुझ्छौँ। तर पूर्वीय दर्शनमा संस्कार भन्नाले अनुभवहरूले मनमा छोडेका छाप र मानसिक ढाँचाहरूलाई जनाउँछ, जसले समयसँगै हाम्रो सोच, निर्णय र व्यवहारलाई आकार दिन्छन्।
यस अर्थमा संस्कार मनभित्र चुपचाप चलिरहेको सफ्टवेयरजस्तै हो, जसले हाम्रो प्रतिक्रियालाई निरन्तर प्रभावित गरिरहन्छ।
यस लेखभरि म विभिन्न परम्परा र दर्शनबाट आएका केही सरल शिक्षा, उखान र दृष्टान्तहरूको सहारा लिनेछु। जटिल सत्यहरूलाई कहिलेकाहीँ पुस्तौँदेखि चली आएका कथा र भनाइहरूले सबैभन्दा राम्रोसँग प्रस्टाउँछन्।
यदि संस्कारले हाम्रो सोच, व्यवहार र निर्णयलाई आकार दिन्छ भने अर्को प्रश्न स्वाभाविक रूपमा उठ्छ: यी संस्कारहरू बन्छन् कसरी?
पुरानो उखान छ, “किन गरिस् मङ्गले, आफ्नै ढङ्गले।”
हामी जे बारम्बार देख्छौँ, सुन्छौँ, सोच्छौँ र गर्छौँ, बिस्तारै त्यही बन्दै जान्छौँ। कुनै विचार वा व्यवहार एकै पटक हाम्रो हिस्सा बन्दैन; दोहोरिँदै जाँदा त्यसले मनमा जरा गाड्छ। समयसँगै हामीले निर्माण गरेका बानीहरूले नै हाम्रो चरित्र र जीवनको दिशा तय गर्न थाल्छन्।
रिस, करुणा, लोभ, अनुशासन वा सजगता, हरेक विचार, कर्म र प्रतिक्रियाले मनमा एउटा छाप छोड्छ। ती छापहरू दोहोरिँदै जाँदा संस्कार बन्छन्, संस्कारहरूले चरित्र निर्माण गर्छन्, र चरित्रले क्रमशः जीवनको दिशा तय गर्छ।
यही कारणले मानिस आफ्नो भाग्यको निर्माता मात्र होइन, आफ्नै संस्कारहरूको उत्तराधिकारी पनि हो। तर यदि संस्कारहरूले नै हाम्रो सोच र व्यवहारलाई आकार दिन्छन् भने, तिनको रूपान्तरण केवल पूजा, प्रार्थना वा कर्मकाण्डबाट सम्भव हुँदैन। यिनले दिशा देखाउन सक्छन्, तर यात्रा भने आफैँले गर्नुपर्छ। गहिरोसँग जरा गाडेका संस्कारहरूलाई बदल्न आत्म-अवलोकन, अनुशासन र निरन्तर अभ्यास आवश्यक पर्छ। विडम्बना के छ भने, हामी प्रायः अँध्यारो घरभित्र हराएको चाबी उज्यालो भएकैले बाहिर बत्तीमुनि खोजेजस्तै गर्छौँ। समस्याको जरा मनभित्र हुन्छ, तर समाधान बाहिर खोजिरहन्छौँ।
पूर्वीय परम्परामा एउटा प्रसिद्ध भनाइ छ: “ when the wise man points at the moon, the fool looks at the finger।”
यसको अर्थ गहिरो छ। धर्म, गुरु, ग्रन्थ र कर्मकाण्डहरू औँलाजस्ता हुन्; तिनको उद्देश्य दिशा देखाउनु हो, गन्तव्य बन्नु होइन। तर धेरै पटक हामी औँलामै अल्झिन्छौँ र चन्द्रमालाई हेर्न बिर्सन्छौँ। सङ्केतलाई नै सत्य सम्झन्छौँ, जबकि वास्तविक रूपान्तरणको काम भने भित्रै गर्नुपर्ने हुन्छ।
यही रूपान्तरणको केन्द्रमा संस्कार हुन्छन्। तर मनमा पर्ने सबै छापहरू एकनासका हुँदैनन्। केही संस्कार बालुवामा बनेका पाइतालाका छापझैँ हराउँछन्। केही भने ढुङ्गामा कुँदिएका अक्षरझैँ वर्षौँसम्म रहन्छन्, सायद जीवनौँसम्म।
बुद्धको शिक्षाको केन्द्रमा पनि यही प्रश्न छ। दुःख जीवनको ध्रुव सत्य हो, तर यसको कारण पनि छ।
बौद्ध दर्शनअनुसार दुःखको मूल कारण तृष्णा, द्वेष र अज्ञानता हुन्। हामी मनपर्ने कुरालाई पकडेर राख्न र मन नपर्ने कुरालाई टाढा धकेल्न खोज्छौँ। यही तानातानमा मनले आफ्नो शान्ति गुमाउँछ।
सायद यही कारणले मानिस निरन्तर केही न केही खोजिरहन्छ—मनोरञ्जन, व्यस्तता, उपलब्धि वा विचलन। स्थिर भएर आफ्नै मनसँग बस्नु सजिलो हुँदैन।
जब बाहिरी कोलाहल शान्त हुन्छ, हामी आफ्ना विचार, डर, असुरक्षा र अधुरा घाउहरूसँग आमनेसामने हुन्छौँ। यही कारणले हामी आफ्नै मनसँग एक्लै बस्न पनि डराउन सक्छौँ।
दार्शनिक ब्लेज पास्कलले भनेका थिए: “All of humanity’s problems stem from man’s inability to sit quietly in a room alone.”
अर्थात्, धेरै मानव समस्याहरू मानिस आफैसँग शान्तले बस्न नसक्नुबाट उत्पन्न हुन्छन्।
पास्कलको भनाइ केवल एकान्तबारे होइन; यो विचलनप्रतिको हाम्रो निर्भरताबारे पनि हो। जब बाहिरी कोलाहल शान्त हुन्छ, हामी आफ्ना डर, असुरक्षा, अधुरा घाउ र भित्री खालीपनसँग आमनेसामने हुन्छौँ। सायद यही असहज सत्यबाट बच्न हामी निरन्तर व्यस्तता र मनोरञ्जन खोजिरहन्छौँ।
यदि दुःखका कारणहरू मनभित्रै लुकेका छन् भने, तिनलाई देख्न र बुझ्न कहिलेकाहीँ बाहिरी संसारको कोलाहलबाट मनभित्र जानुपर्ने हुन्छ। यही कारणले विभिन्न धर्म, दर्शन र आध्यात्मिक परम्पराहरूमा एकान्तलाई एकाग्रतालाई विशेष महत्त्व दिइएको पाइन्छ।
रूपान्तरण प्रायः एकाग्रताबाट सुरु हुन्छ।
इतिहासका महान् आध्यात्मिक यात्राहरूलाई हेर्ने हो भने एउटा रोचक समानता देखिन्छ। बुद्धले ज्ञानको खोजमा वर्षौँ एकान्तमा बिताउनुभयो। येशू, पैगम्बर मुहम्मद र शिवलाई पनि गहिरो प्रार्थना, ध्यान र एकान्तसँग जोडेर चित्रण गरिन्छ।
फरक धर्म, संस्कृति र युगका यी पात्रहरूलाई जोड्ने साझा सूत्र एकान्त हो। किनकि एकान्तमा मानिस बाहिरी संसारभन्दा बढी आफ्नै मनसँग साक्षात्कार गर्छ। तर आफ्ना संस्कार, चाहना, डर र प्रतिक्रियाहरूलाई देखिसकेपछि अर्को प्रश्न उठ्छ: तिनको पकडबाट मुक्त कसरी हुने?
बौद्ध दर्शनअनुसार दुःखको मूल कारण तृष्णा र द्वेष हुन्। मनपर्ने कुराप्रति मोह र मन नपर्ने कुराप्रति द्वेषले संस्कारहरूलाई अझ बलियो बनाउँछ। यस अर्थमा संस्कार केवल विगतको उत्तराधिकार होइनन्; तिनीहरू वर्तमान क्षणमै निरन्तर पुनर्निर्माण भइरहेका हुन्छन्।
यस अर्थमा संस्कार केवल विगतको परिणाम नभएर यही कारणले स्थिरता असहज लाग्छ। हामी सुखको पछि दौडिन र असुविधाबाट भाग्न यति अभ्यस्त भइसकेका छौँ कि वर्तमान क्षणसँग चुपचाप बस्नु पनि चुनौतीजस्तो लाग्छ।
तर यदि तृष्णा र द्वेषले संस्कारहरूलाई बलियो बनाउँछन् भने, तिनको पकड कमजोर पार्ने उपाय पनि अवश्य हुनुपर्छ।
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान