
लन्डन । १७ नेपालीले ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा पूरा गरेका छन् ।
नेपाली साइक्लिङ क्लब यूकेको आयोजनामा जुन ५-७ सम्मको साइकलयात्रा सफलतापूर्वक सम्पन्न भएको सहभागी ह्यारी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा रहेका अनाथ तथा विपन्न बालिकाहरुका लागि सहयोग जुटाउने उद्देश्यले साइकलयात्रा गरिएको हो ।
यात्रामा जलेन्द्र ताम्राकार, सुलभ पन्त, शिव सैंजु, ह्यारी गुरुङ, कौस्तुभ पौड्याल, समीर प्याकुरेल, आमोद प्रधान, हरिहर उपाध्याय, नारायण अधिकारी, अनमोल राणा, सुधीर बजिमाया, लक्ष्मण गुरुङ, निक टी, प्रगति ओझा, प्रसिद्ध प्रधान र सुधिर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । उहाँहरुले तीन दिनमा करिब ३५० किलोमिटर दूरी पूरा गर्नुभएको छ ।

‘अन्ततः हाम्रो लन्डनदेखि पेरिस २०२६ को च्यारिटी राइड सफलतापूर्वक समाप्त भएको छ । नेपाली साइक्लिङ क्लब यूकेका सबै १७ जना सवारहरूले हेल्प नेपाल नेटवर्क यूके र नेपालको धुलिखेलका अनाथ बालबालिकाहरूको समर्थनमा तीन दिने साइकल चलाउने चुनौती सफलतापूर्वक पूरा गरे,’ गुरुङले भन्नुभयो, ‘हामीलाई यस यात्राभरि प्रोत्साहन गर्ने र योगदान पुर्याउने सबै परिवार, साथीभाइ, समर्थक र दाताहरूलाई हार्दिक धन्यवाद । तपाईंको सहयोगले यो उपलब्धि सम्भव बनायो । यस अविश्वसनीय यात्राको हिस्सा भएकोमा सबैलाई धन्यवाद ।’
च्यारिटी साइकलयात्रा अभियानमार्फत ६ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखिएको थियो । संकलित रकम हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृह ‘चिल्ड्रेन्स सेल्टर’लाई सहयोग गरिने जनाइएको छ ।


भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
बेलायतमा ७ जुनमा हुने ‘गोर्खा वाक’को तयारी अन्तिम चरणमा
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने