
लन्डन । डायस्पोरिक नेपाली साहित्यलाई नेपालमा स-सम्मान स्थापित गराउन प्रयासरत साहित्यकार एवं गीतकार जानु काम्बाङ लिम्बुको छिट्टै पाँचौं कृति सार्वजनिक हुँदैछ ।
बेलायत-हङकङ बस्दै आएकी स्रष्टा लिम्बुको ‘खाम्योक’ उपन्यास पाठकको हातमा आइपुग्न लागेको हो । ‘मेरो पाँचौं कृति ‘खाम्योक’ उपन्यास छापाखानामा तयार हुँदैछ । हङकङमै विमोचन गर्ने उद्देश्य छ,’ पुस्तकको कथावस्तुबारे काम्बाङले विनेपालीसँग भन्नुभयो,’उपन्यास डायस्पोरिक नै छ,बेल्जियमको कथा छ । लिम्बुवानबारे अलिकति उठान गरेको छु ।’
काम्बाङका विभिन्न विधाका प्रकाशित कृतिहरूमा ‘शिविरमा ईश्वर’ कवितासंग्रह, ‘अनुभव’, ‘जानु’ र ‘आँसुको लय’ गीति अल्बम, ‘नउघ्रेको जून’ कथासंग्रह, ‘फ्लाण्डरर्स फिल्डमा तमोरको सुसेली’ नियात्रासंग्रह आदि ।
काम्बाङले छैटौं कृति निबन्धसंग्रह प्रकाशोन्मुख रहेको जानकारीसमेत गराउनुभएको छ । जानुले नेपाली भूमिमा बसेर विदेशी भूमिबाट लेखिएका नेपाली साहित्यलाई हेर्ने दृष्टिकोण सफा हुनुपर्छ, कमजोर आँक्नु भूल हुनेछ । विदेशी भूमिमा बस्ने नेपालीहरूले हर पाइला, हर स्वासमा नेपालको माया र स्नेह बोकी बगाएको पसिना नेपाली भूमिकै लागि खर्चेको हुन्छ । त्यो पसिनाको मूल्य मातृभूमिले सही ढंगमा बुझ्नुपर्छ भन्ने विषय लेखनमार्फत जोडदारकासाथ आवाज उठाउने गर्नुभएको छ ।
सानैदेखि साहित्यमा झुकाव राख्नुहुने उहाँले देश छाडेर हङकङ पुगेपछि लेख्न सुरु गर्नुभएको हो । पहिलो कृति कवितासंग्रह ‘शिविरमा ईश्वर’, गीति एल्बम ‘अनुभव’ २०७२, कथासंग्रह ‘नऊघ्रेको जून’ र ‘जानु एल्बम’ २०७५, गीतिसंग्रह किताब ‘आँसुको लय’ २०७६ लगायत निरन्तरत कोसेसी पस्कँदै आउनुभएको छ ।
साहित्य र संगीत जीवनसँग सम्बन्धित रहेको बताउनुहुने उहाँ आख्यान विधामा रुचि राख्नुहुन्छ । ‘सिर्जना भनेको आत्माबाट अथवा मनबाट सृजित हुने कुरा हुन् । फुरेपछि नलेखी बस्न सकिन्न । वास्तवमा सिर्जना सबै सन्तान हुन् । कति राम्रा स्वस्थ जन्मिन्छन्, कति अस्वस्थ । सबैले मन पराउनु पर्छ भन्ने पनि छैन आफैलाई सन्तुष्टि मिले भो,’ जानु काम्बाङ भन्नुहुन्छ ।
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना : समृद्धिको लक्ष्य प्राप्ति आजको आवश्यकता
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता