
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शुङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नटआउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेट्टिएको हो । उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन् । आशिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए ।
यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३ दशमलव तीन ओभरमा १९५ रन बनाएको थियो । नेपालले एक विकेट गुमाउँदै ३६ दशमलव चार ओभरमा लक्ष्य पूरा गर्यो । अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई, सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट लिए ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए । उनले ८९ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका हुन् । शेहान जयसुरिया ५२ बलमा एक छक्क प्रदार गर्दै ५० रन बनाएर आउट भएका हुन् ।
यो जितसँगै सातौँ स्थानमा रहेको नेपालले २० अङ्क बनाएको छ । छैटौँ स्थानमा रहेको क्यानडाको २१, पाँचौँ स्थानमा रहेको नामिबियाको २२ अङ्क छ । खेल तालिकाको अन्तिममा रहेको युएईले १४ अङ्क बनाएको छ भने स्कटल्यान्ड ३८ अङ्कसहित खेल तालिकाको अग्र स्थानमा छ ।
अमेरिकामाथि नेपालको जित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
आर्थर डाँडाखर्कबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित