
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो ।
स्कटल्यान्डले नेपाललाई जितका लागि २४४ रनको लक्ष्य दिएको थियो । तर नेपालले जवाफी ब्याटिङ गर्ने क्रममा वर्षा अवरोध भएको थियो । त्यसपछि खेल डकवर्थ–लुइस पद्धतिका आधारमा नेपालले ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा नेपाल ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रनमा समेटियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ३५ बलमा २ चौका र ५ छक्काको सहयोमा अविजित ६१ रन बनाएका हुन् ।
त्यस्तै, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय इनिङ खेले । आसिफ शेख २१, कप्तान रोहित पौडेल ३२ तथा करण केसी १८ रनमा आउट भए । नन्दन यादव ८ रनमा अविजित रहे ।
बलिङतर्फ स्कटल्यान्डका ब्राड करिले ३, मार्क वाटले २ तथा ओलिभर डेविडसन र ज्याक जाभ्रिसले समान १/१ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको योगफल बनाएको थियो ।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।
त्यस्तै, फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा माइकल इङ्ग्लिस ३४ रनमा अविजित रहे । अन्त्यतिर माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रन थपेपछि स्कटल्यान्ड सम्मानजनक योगफलतर्फ पुगेको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, करण केसी र नन्दन यादवले समान २/२ विकेट लिए ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने