
लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली समुदायबीच लोकप्रिय खेलकुद तथा सांस्कृतिक कार्यक्रम गोर्खा कपको २४औं संस्करण यही मे २४, २०२६ आइतबारमा आयोजना हुँदै छ ।
प्रतियोगिता अल्डरसट ग्यारिजनस्थित क्विन्स एभिन्यू खेल मैदानमा सञ्चालन गरिने आयोजक तमु धीं यूकेले जनाएको छ। तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा कार्यक्रमको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ । कार्यक्रम संयोजक तथा खेलकुद सचिव क्याप्टेन दीपक घलेका अनुसार विगत केही महिनादेखि व्यवस्थापन, सुरक्षा, अतिथि सत्कार, प्रवेश–बहिर्गमन द्वारा तथा पार्किङ व्यवस्थापन लगायतका विभिन्न पक्षमा काम धमाधम काम भइरहेको छ। यसमा ट्रस्टी, पूर्वअध्यक्ष, पदाधिकारी, सल्लाहकार तथा सदस्यहरू सक्रिय रूपमा खटिएका छन्।
प्रतियोगितामा युवातर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टोली गरी कुल ५० टोलीबीच प्रतिस्पर्धा हुने तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले विनेपालीलाई जानकारी दिनुभयो । यति ठूलो संख्यामा टोली सहभागी हुने खेलकुद कार्यक्रम बेलायतमा बिरलै हुने भएकाले यसलाई विशेष रूपमा हेरिएको आयोजकको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष गुरुङका अनुसार कार्यक्रमस्थलमा रेस्टुरेन्ट, लत्ताकपडा, गरगहना, भाँडावर्तन, खेलौना, विज्ञापन तथा च्यारिटीसम्बन्धी गरी १५० भन्दा बढी स्टलहरू रहनेछन् ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि विशेष आकर्षणका रूपमा रहनेछन्। पञ्चेबाजा, कविता गुरुङ घर्तीमगरको कोरियोग्राफीमा सयपत्री कल्चरल ग्रुप यूकेका बालबालिकाहरूको नृत्य तथा ब्रिटिश सैनिकद्वारा प्रदर्शन गरिने प्यारासुट जम्प प्रमुख आकर्षण रहने वरिष्ठ उपाध्यक्ष गुरुङले बताउनुभयो ।
कार्यक्रमको भोलिपल्ट बेलायतमा सार्वजनिक बिदा परेकाले सहभागी हुन आउने दर्शकहरूको संख्या उल्लेख्य रहने अपेक्षा गरिएको छ।तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष गुरुङले पनि सम्पूर्ण नेपाली तथा गैर-नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन, आपसी भेटघाट गर्न तथा उत्कृष्ट खेलको अवलोकन गर्न आह्वान गर्नुभएको छ ।
पुरस्कार राशि बढ्यो, कति पाउनेछन् ?
तमु धीं यूकेले यस वर्ष गोर्खा कप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरेको छ । तमु धींका अनुसार, यस वर्ष मेनतर्फका विजेताले ३ हजार ५०० पाउन्ड प्राप्त गर्नेछन् । यस्तै, भेटेरानतर्फका विजेताले १ हजार ८०० पाउन्ड पाउनेछन् । गत वर्ष मेनतर्फ ३ हजार र भेटेरानतर्फ १ हजार ५०० रुपैयाँ रहेको थियो ।
मेनतर्फ उपविजेताले २ हजार र भेटेरानतर्फका उपविजेताले १ हजार २०० पाउन्ड पाउनेछन् ।
महिलातर्फका विजेताले ६०० र उपविजेताले ४०० पाउन्ड पाउनेछन् ।

बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित