लण्डन । एनअारएन युकेको चुनावी सरगर्मी तात्दै जाँदा विश्व नेपाली साहित्य महासंघका अध्यक्ष तथा एनआरएन आइसिसीका सदस्य विश्वासदीप तिगेलाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनअारएन युकेको स्थापनाकालदेखि नै सक्रिय तिगेलाले एनअारएन युकेको बेथितिलाई सहीरुपमा समाधान गर्नका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए ।
एनआरएन ब्रुनाइका संस्थापक अध्यक्ष समेत रहेका तिगेलाले बेलायतका सबै समुदाय र सबै राजनीतिक पार्टीहरुलाई मिलाएर प्यानलै घोषणा गर्ने तयारी गर्दै गरेको बुझिएको छ ।
‘युकेको एनआरएनको समस्या के हो भन्ने मलाई राम्रोसँग थाहा छ । यतिबेला युकेलाई एनआरएनको विधिविधान बुझेको नेतृत्व जरुरी छ’ तिगेलाले भने ।
‘एनआरएन अभियानमा युकेको भूमिका महत्वपूर्ण हुनुपर्नेमा केही वर्षयता गौण हुँदै गएको छ । एनआरएन युकेको शाख फर्काउनका लागि मैले उम्मेदवारी दिनुपरेको हो’ उनले थपे ।
नेपाल पत्रकार महासंघ युके, नेपाल अादिवासी जनजाति महासंघ युकेको स्थापनामा महत्वपूर्ण खेलेका तिगेला दर्जनौँ संस्थामा सक्रिय छन् । उनले आफू सम्वद्ध सबै संस्था विवादरहित तरिकाले चलाएको अनुभवका आधारमा आफू एनआरएन युकेका लागि उपयुक्त उम्मेदवार भएको उनले दाबा गरे ।
साहित्यकार, पत्रकार, राजनीतिकर्मी र समाजसेवी तिगेलाका पुस्तकहरु पनि प्रकाशित छन् ।
यसअघि नै मुच्छेत्र गुरुङ र हीराधन राईले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार