
लन्डन । विश्वको एक उत्कृष्ट म्याराथनमध्ये एक लन्डन म्याराथन २६ अप्रिल २०२६ आइतबार सम्पन्न भएको छ । यस वर्षको म्याराथनमा सबास्टिन सावेले नयाँ इतिहास रचेका छन् । उनले लन्डन म्याराथन दुई घण्टाभन्दा कम समयमा दौडेका छन् । केन्याका सावेले उत्कृष्ट प्रदर्शनको नमुना पेस गर्ने क्रममा १ घण्टा ५९ मिनेट ३० सेकेन्डमा दौड पूरा गरेका हुन् ।
केजचा १ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दोस्रो भए । युगान्डाका ज्इकोब किपलोमो २ घण्टा २८ सेकेन्डमा तेस्रो भए ।
महिलातर्फ टिग्स्ट आसेफाले पनि नयाँ विश्व कीर्तिमान बनाएकी छन् । ओलम्पिक च्याम्पियन तथा वर्ल्ड च्याम्पियनसिपमा रजत पदक विजेता आसेफाले २ घण्टा १५ मिनेट ४१ सेकेन्डमा दौड पूरा गरिन् ।
यस्तै बेलायतमा नेपालीहरुको संख्या बाक्लै रहेकाले निरन्तर रुपमा लन्डन म्याराथनमा सहभागिता जनाइरहेका छन् । नेपाल रन क्लबबाट ५० जनाभन्दा बढी धावकले यस पटक लन्डन म्याराथनमा भाग लिएका छन् । नेपाल रनका संयोजक सन्तोष राईकै समन्वयमा जर्मनी, बेल्जियम, अष्ट्रेलिया, अष्ट्रिया, यूनाइटेड अरब इमिरेट्स, सर्बिया, सिंगापुर, यूके, अमेरिका र नेपालसहित १० देशका धावकले नेपाल रनमार्फत सहभागिता जनाएका छन् ।
धावकहरुले संकलन गरेको च्यारिटी रकम नेपालको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर जुम्लामा खर्च हुने नेपाल रनका संयोजक राईले बताएका छन् । लन्डन म्याराथनमा हजारौंले सहभागिता जनाउने गर्छन् । लन्डन म्याराथनमा यस वर्ष ५९ हजार बढी धावकले २६.२ माइल (४२.२ किमि) लामो दौड पूरा गरे ।




भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते