
लन्डन । नेपाली राजदूतावास लन्डनले आगामी ३ मा प्रेस्टन क्षेत्र र ४ मे २०२६ मा स्कटल्यान्डमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि गैरआवासीय नेपाली संघ स्कटल्याण्ड र नेपाली समाज प्रेस्टनको समन्वयमा राहदानी तथा कन्सुलर सेवा शिविर आयोजना गर्न लागेको दूतावासले मंगलबार जनाएको छ ।
शिविर प्रेस्टन र आसपासका क्षेत्रहरू जस्तै म्यानचेस्टर, लिभरपुल, कार्लिस र बोल्टनमा बसोबास गर्ने सेवाग्राहीहरूका लागि लक्षित गरिएको शिविर ३ मे दिउँसो १ देखि ५ बजेसम्म हुनेछ । त्यसैगरी स्कटल्याण्डमा ४ मे बिहान ११ देखि ४ बजेसम्म शिविर सञ्चालन गरिने दूतावासले जनाएको छ ।
घुम्ती शिविरहरूमार्फत राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र र पर्यटक भिसा जस्ता सेवा प्रदान गरिनेछ । यस शिविरमा मे २०२७ सम्म म्याद भएका राहदानीको नवीकरण पनि गर्न सकिने छ ।
विद्युतीय राहदानी नवीकरणका लागि अनलाइन फाराम, सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, पुरानो राहदानी र अन्य आवश्यक सहायक कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। ३४ पृष्ठ भएको राहदानी नवीकरणका लागि एक सय १० पाउण्ड, राहदानी हराएको अवस्थामा दुई सय २० पाउण्ड र १० वर्ष मुनिका नाबालकको हकमा ५५ पाउण्ड शुल्क निर्धारण गरिएको छ । अधिकृत वारेसनामाका लागि सेवाको प्रकृति हेरी ५ देखि ३५ पाउण्ड र कागजात प्रमाणीकरणका लागि ४० पाउण्ड शुल्क लाग्नेछ ।
विस्तृत सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो