
लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले नयाँ वर्ष २०८३ विभिन्न कार्यक्रम गरी मनाएको छ ।
बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आइतबार १२ अप्रिल २०२६ मा जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षता र रसमोर बरो काउन्सिलका मेयर कालम स्टिवार्टको प्रमुख आतिथ्यतामा नयाँ वर्ष मनाइएको हो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा बेलायती सांसद अलेक्स बेकर, नेपाली दूतावास लन्डनका द्वितीय सचिव संजोक राई, काउन्सिल लिडर ग्यारेथ विलियम्स, डिपुटी लिडर सोफी पोटर, काउन्टी काउन्सिलर आलेक्स क्रोफोर्ड, एनआरएनए आईसीसीका उपाध्यक्ष एवं आदिवासी जनजाति अभियन्ता विश्वास दीप तिगेला, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, प्रमुख संरक्षक डेबिट (दीपक) गुरुङ, नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईको उपस्थिति थियो ।
यस्तै तमु धीं यूके, किरात याक्थुङ चुम्लुङ यूके, किरात राई यायोक्खा यूके, मगर संघ यूके, तमु प्ये ल्हु संघ यूके, सिर्जनशील नेपाली समाज यूके, किरात सुनुवार वेलफर सोसाइटी यूके, पासा पुछ गुथि यूके, क्षेत्री समाज यूके, थकाली समाज यूके, तामाङ सोसाइटी यूके, शेर्पा संघ यूके, पाँचथर समाज यूके, लमजुङ समाज यूके, स्याङ्जा समाज यूके, तेह्रथुम समाज यूके, ताप्लेजुङ समाज यूके, इलाम समाज यूके, कालीगण्डकी सेरोफेरो यूके, बिगेसो यूके, तमु लामा समाज यूके, पाँचथर थर्पु समाज यूके, नादा तमु समाज यूके, एडिएस यूके, विभिन्न संघ–संस्थाका अध्यक्ष एवं पदाधिकारीहरू तथा क्युओजीएलआरका अफिसरलगायत सयौं नेपाली तथा गैर नेपालीहरु र जीआरएनसीका संस्थापक पूर्वअध्यक्ष, पूर्वअध्यक्षहरु, पदाधिकारी, ट्रस्टी, सल्लाहकार, वर्तमान कार्यसमितिका पदाधिकारी, सदस्य, पूर्वकाउन्सिलरलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा शैक्षिक योग्यता तथा विभिन्न क्षेत्रमा विशेष उपलब्धि हासिल गर्ने सदस्यहरूलाई अध्यक्ष माबो र मेयर स्टिवार्टले सम्मान गर्नुभएको थियो । उक्त अवसरमा प्रमुख अतिथि सांसद अलेक्स बेकर, विशेष अतिथि द्वितीय सचिव संजोक राई, मेयर कालम स्टिवार्ट र संस्थापक अध्यक्ष राज लिम्बुले नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा तीन सय पाउन्डभन्दा बढी प्रायोजन गर्ने व्यवसायीहरुको मञ्चमा भिडियो र मन्तव्य प्रस्तुत गरिएको थियो । जीआरएनसीको कार्यक्रममा १ सयभन्दा बढी व्यवसायी र व्यापारीहरुलाई एकै ठाउँ उभ्याउन विजनेस कोअर्डिनेटर तथा गोर्खा ट्राभल्सका प्रोपाइटर दिलरास गुरुङले भूमिका खेल्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक संयोजक डिएमटी ब्यान्डका अध्यक्ष दिनेश गुरुङ, सहसंयोजक वीर बलाल (स्थानीय मौलिक संस्कार संस्कृति संयोजक) हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष लिला सेलिङ माबोले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । गोर्खा मेजर विवेकजंग शाह एमभीओ एमबीई, मेजर चक्र खत्री एमबीईलगायत थुप्रै गोर्खा मेजरहरु सहभागी हुनुहुन्थ्यो । राफल ड्रको पहिलो पुरस्कार विजेता क्युओजीएलआर टेबल बनेको थियो । उक्त पुरस्कार जीआरएनसीकी अध्यक्ष माबोलाई नै संस्थाको सहयोग स्वरुप प्रदान गरिएको थियो ।
सांस्कृतिक समारोहमा ज्येष्ठ नागरिक क्याप्टेन वीर बहादुर थापा मगर र नेपालबाट आएकी लोकप्रिय गायिका तथा मोडल रेश्मा तामाङले विशेष सांगीतिक प्रस्तुति दिनुभएको थियो । साथै, स्थानीय कलाकारहरूले लिम्बु समुदायको च्याब्रुङ नृत्य, राईहरूको साकेला लगायत विभिन्न जातजातिको मौलिक नृत्यहरू प्रदर्शन गरेका थिए ।
औपचारिक कार्यक्रमको सञ्चालन महासचिव लेफ्टिनेन्ट सुनिल राना मगरले गर्नुभएको थियो भने उपाध्यक्ष एवं कार्यक्रम संयोजक उत्तरबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । सांस्कृतिक सत्रको सञ्चालन संस्थाका पूर्वअध्यक्ष रोहित गुरुङ र मिडिया सहसंयोजक गोमा राना मगरले गर्नुभएको थियो ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा