
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता रमेश लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओली र कांगे्रस नेता लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका घोषणा गर्ने निर्णय गरिएको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही चैत २५ गतेसम्म जिल्लास्तरमा बृहत् कार्यकर्ता भेला, चैत २८ गते सबै पालिकास्तरमा विरोध प्रदर्शन, आगामी वैशाख ३ गते सम्पूर्ण वडा तहमा वडाभेला र विरोध प्रदर्शनका कार्यक्रम राखिएका छन् ।
यस्तै, वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा, वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने महासचिव पोखरेलले जानकारी दिनुभयो । बैठकले पार्टीले वर्तमान परिस्थितिका सम्बन्धमा नागरिक समाज तथा विभिन्न वर्ग र पेसासँग सम्बन्धित सङ्घ÷सङ्गठनसँग जिल्ला तथा केन्द्रीयस्तरमा संवाद तथा अन्तक्र्रिया कार्यक्रम गर्नेसमेत निर्णय गरेको छ ।
यस्तै, आगामी वैशाख ९ (अप्रिल २२) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउन सबै पार्टी कमिटी तथा जनवर्गीय सङगठनलाई आह्वान गरिएको र चाँडै नै केन्द्रीय कमिटीको बैठक बस्ने विषयमा छलफल भएको महासचिव पोखरेलले बताउनुभयो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे