पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्नेलगायत निर्णय गरेको हो ।

प्रत्येक जिल्ला सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।

यस्तै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग संवाद र सहकार्य तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने बैठकले निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

जेन–जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको घटनामा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेअनुसार शनिबार बिहान‌ै ओली गुण्डुबाट पक्राउ परेका छन् । यस्तै, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई कटुन्जेबाट प्रहरीले पक्राउ गरेको छ ।

आयोगले उहाँहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री