
लन्डन । ऐतिहासिक नाटक ‘मिलारेपा’का निर्देशक बुद्धि तामाङ लन्डन आइपुगेका छन् । उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले च्यारिटी सहयोगार्थ प्रस्तुत् गर्न लागिएको ‘मिलारेपा’ नाटकको विशेष प्रदर्शनका लागि शुक्रबार साँझ लन्डन आइपुगेका हुन् । उनीसँगै सो नाटक प्रदर्शनका संयोजक धर्मगुरु कोसिस वाइबासमेत आएका छन् ।
उनीहरुको स्वागतार्थ बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष क्याप्टेन देब घले, आमा प्रमुख शारदा गुरुङ हिथ्रो एयरपोर्ट पुगेका थिए । उक्त नाटक आइतबार ८ मार्चका दिन साँझ ६ बजे अल्डरसटस्थित प्रिन्सेस हलमा प्रदर्शन गर्न लागिएको हो ।
मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक ‘मिलारेपा’ पहिलो पटक बेलायतमा प्रदर्शन गर्न लागिएको हो ।
उक्त नाटक चाङ ङोन हेरुकको लेखन, बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहेको छ । त्यस्तै, रुपेश लामा, रमिला मोक्तान, विकास लामालगायतका कलाकारहरूको जोडदार अभिनयलाई अत्याधुनिक क्यामारा तथा प्रविधिको सहयोगमा छायांकनगरी उक्त दिन प्रिन्सेस हलको स्क्रिनमा प्रस्तुत् गर्न लागिएको कार्यक्रम संयोजक एवं बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देब घलेले जानकारी गराए ।
नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान् योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ । कालो तान्त्रिक साधनामा संलग्न एक भड्किएका युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु रहेको छ । यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ ।
नाटकका लागि बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा वा अनलाइनमार्फत अग्रिम रुपमा खरिद गर्न सकिने बताएको छ । त्यस्तै, सोही प्रदर्शन साँझ प्रवेशद्वाधारमा समेत पाइने आयोजकले जनाएको छ ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति