
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, यूएई, बहराइन लगायतका देशमा बसोबास गरिरहेका नेपालीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् । संघले मध्यपूर्वका देशहरूमा उत्पन्न संवेदनशील परिस्थितिका बीच करिब १९ लाख नेपालीको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ ।
संघले इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशमा रहेका नेपालीलाई सम्बन्धित देशका सरकारी निकाय र नेपाली राजदूतावासले जारी गरेका सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमै बस्न तथा अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।
त्यस्तै, राष्ट्रिय समन्वय परिषद् (एनसीसी), गैरआवासीय नेपाली संघको सचिवालय, स्थानीय नेपाली समुदाय तथा नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन संघले आग्रह गरेको छ । हालको अवस्था सामान्य नभएसम्म मध्यपूर्वका प्रभावित देशहरूमा यात्रा योजना स्थगित गर्न पनि सुझाइएको छ ।
संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिन र आवश्यक परेमा तत्काल सहायता तथा सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न पनि अनुरोध गरेको छ ।
नेपालीहरूको सुरक्षाका लागि आवश्यक परेमा नेपाल सरकारसँग सहकार्य गर्न आफूहरू तत्पर रहेको संघले जनाएको छ । विश्वभर रहेका नेपालीहरूको सुरक्षा साझा प्राथमिकता भएको उल्लेख गर्दै संघले आवश्यक समन्वय, सहकार्य तथा सहयोगका लागि सधैं तयार रहेको जनाएको छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा