
लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा ६६ वर्षीय उत्तरबहादुर गुरुङ अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बन्नुभएको छ ।
आउँदो मे ७ मा हुने स्थानीय निर्वाचनमा गुरुङ सत्तारुढ पार्टी लेबरका तर्फबाट काउन्सिलर उम्मेदवार बन्नुभएको हो । लेबर पार्टी अभियानमा सन् २००७ देखि नै जोडिएका गुरुङ सन् २०११ पछि सक्रिय बन्नुभएको हो । २०२४ मा सम्पन्न बेलायतको आमनिर्वाचनमा उहाँ लेबर नेतृ अलेक्स बेकरलाई जिताउन मैदानमा निकै खटिए । अलेक्स बेकरले अल्डरसट क्षेत्रबाट लेबर सांसद पनि जित्नुभयो ।
त्यतिबेलैदेखि अलेक्ससंग निकट रहेका उत्तरबहादुर लेबरको आग्रहमै वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बन्नुभएको हो ।
तमुधिं यूके ह्याम्पसायरमा १२ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका उहाँ ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जिआरएनसी) का वर्तमान उपाध्यक्ष हुनुहुन्छ । बेलायत अल्डरसट निवासी उहाँले ब्रिटिश आर्मीमा १९ वर्ष सेवा गरेर अवकाश लिनुभएको हो ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने