
लन्डन । बेलायतस्थित एडटेक स्टार्टअप टेडुनेटले ‘वेब समिट कतार २०२६’मा आफ्नो नवीन प्रविधि प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ। टेडुनेटले परम्परागत ‘सबैका लागि एउटै मोडल’ शिक्षा प्रणालीलाई चुनौती दिँदै प्रविधि र एआई–आधारित सहयोग संयोजन गरिएको प्रणाली प्रदर्शन गरेको थियो ।
विश्वकै ठूलो प्रविधि सम्मेलनमध्ये एक मानिने वेब समिटमा सहभागिताले टेडुनेटको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाएको कम्पनीले जनाएको छ। नेपाली उद्यमी सुमित र नितेशद्वारा स्थापित ‘टेडुनेट’ विद्यार्थीको सिकाइ शैली परिवर्तन गर्ने लक्ष्यसहित विकसित गरिएको ‘पर्सनलाइज्ड लर्निङ प्लेटफर्म’ हो। कम्पनीका अनुसार, उक्त प्रणालीले विद्यार्थीको प्रगति रियल टाइममा ट्र्याक गर्छ, सिकाइका कमजोरी पहिचान गर्छ र लक्षित मार्गदर्शन प्रदान गर्छ। यसको उद्देश्य गुणस्तरीय शिक्षालाई परिवारका लागि पहुँचयोग्य र किफायती बनाउनु छ।
संस्थापकद्वयले प्रत्येक विद्यार्थीको क्षमता, गति र लक्ष्यअनुसार सिकाइ ढाँचा अनुकूल बनाउने आफ्नो स्पष्ट मिशन रहेको बताउनुभयो । प्रारम्भिक चरणमै सकारात्मक प्रतिक्रिया र विस्तार हुँदै गएको पहुँचका साथ टेडुनेट प्रविधिमार्फत व्यक्तिगत शिक्षाको भविष्य निर्माण गर्ने उदीयमान शक्तिका रूपमा उभिएको छ।
कम्पनीले बेलायत बाहिर पनि आफ्नो प्रभाव विस्तार गर्ने योजना बनाएको जनाएको छ।
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका