
काठमाडौं । मनोविद् डा. सुमाया राईद्वारा लिखित ‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सार्वजनिक गरिएको छ ।
प्रा.डा. गोविन्दराज भट्टराई, पूर्वसांसद प्रमिला राई, अधिकारकर्मी बमकुमारी बुढा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वउपाध्यक्ष जितपाल किरात, किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष युवराज राई र लेखक राईले शनिबार काठमाडौंमा एक समारोहबीच डा. राईको नवीनतम् कृति विमोचन गर्नुभएको हो ।
वि.सं. २०१९ जेठ २४ गते सिरहाको लहानमा जन्मिनु भएका डा. राई त्रिभुवन विश्वविद्यालयका पूर्व–उपप्राध्यापक तथा किरात राई यायोक्खाको पहिलो महिला अध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनलाई उधिनेर ‘जिन्दगी फूल सम्झे फूलै होः जीवनयात्रा’ कृति सिर्जना गर्नु भएको छ ।
लेखककै रचना, डीआर अटुको संगीत र राजेशपायल राईको स्वर रहेको ‘जिन्दगी फूल सम्झे फूलै हो’ बोलको गीतलाई कृतिको नाम दिइएको हो । उक्त कृतिबारे डा. शान्तिमाया गिरी र कैलाश राईले समीक्षा गर्नुभएको थियो । साढे पाँचसय पृष्ठमा विस्तारिक कृतिभित्र प्रथम चरण, मध्य चरण र उत्तर चरण गरी १ सय १३ शीर्षकका लेखहरू समेटिएका छन् । यसैगरी लेखकको वंशवृक्ष, चिनारुको दृष्टिकोण, अनुसूची र तस्बिरहरू संलग्न गरिएका छन् ।
लेखक डा. राईको यो पाँचौं कृति हो । यसअघि ‘तातो हावा’ (गीति एल्बम, २०७१), ‘अव्यक्त अभिव्यक्ति’ (कवितासंग्रह, २०७२), ‘छाम सुनाखरी’ (गीतसंग्रह, २०७२) र ‘मेरो अन्तिम इच्छापत्र’ (कविता र गीतसंग्रह, २०७५) प्रकाशित छन् । यी कृतिहरूले नेपाली भाषा, किराती संस्कृति, किराती इतिहास, पहिचानलाई उजागर गरेको समक्षक वक्ताहरूको भनाइ रहेको छ ।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने