
लन्डन । विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी निकट बेलायतका संगठनहरूबीच एकता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्वमाओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युके, माधवकुमार नेपाल नेतृत्वको पूर्व एकीकृत समाजवादी पार्टी निकट प्रवासी नेपाली एकता मञ्च र जनता समाजवादी पार्टीनिकट प्रवास समितिहरुबीच एकता भएको हो । एकीकृत संगठनको संयोजक नेपाली जनप्रगतिशील मञ्चकी अध्यक्ष बिमला लिम्बु र सह–संयोजकमा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष देवेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । यस्तै विशेष परिस्थितिका कारण सचिवमा विश्व लिम्बु चयन हुनुभएको छ ।
आइतबार बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्पन्न सम्मेलन मञ्चकी अध्यक्ष बिमला लिम्बुको अध्यक्षता र तत्कालीन माओवादी केन्द्रका पूर्वमहासचिव तथा नेकपा नेता देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाली प्रवासी एकता मञ्च युकेको पूर्वअध्यक्ष कृष्ण तिवारीले संचालन गरेको सम्मेलनका विशेष अतिथि नेकपाका पूर्वविदेश विभाग प्रमुख श्रीप्रसाद साह रहनुभएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले नेपाललाई युक्रेन बन्नबाट जोगाउनका लागि एकताको आवश्यकता भएको बताउनुभयो भने विशेष अतिथि साहले बेलायतले पहिलो एकता गरेको भन्दै अब प्रवासमा रहेका संगठनहरुबाट नैतिक सहयोगको अपेक्षा रहेको धारणा राख्नुभयो ।
यस्तै, सम्मेलनमा अतिथिहरू नेकपाका केन्द्रीय सदस्यहरू सुभाष पोखरेल, विश्वासदीप तिगेला, लिला सेलिङ (मावो), नेकपाका पूर्व प्रवास समिति उपाध्यक्ष उमेश मोक्तान, प्रवास समिति महिला विभाग प्रमुख सुष्मा भुसाल, युरोप मोर्चाका अध्यक्ष कृष्ण तिवारी, युरोप इन्चार्ज रण केसी, अध्यक्ष चित्र सुवेदी, प्रवास तथा युरोपका अग्रजहरू, नेपाली जनप्रगतिशील मञ्च युकेका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, नेपाली प्रवासी एकता मञ्च युके, जनता समाजवादी पार्टी (जसपा) लगायत उपस्थित हुनुभएको थियो ।
सम्मेलनमा पार्टी एकता मजबुत बनाउने, युके प्रवास संगठनलाई प्रभावकारी बनाउने, कार्यकर्ता परिचालन तथा भावी कार्यदिशाबारे व्यापक छलफल भएको मञ्चका अध्यक्ष बिमला लिम्बुले जानकारी दिनुभयो । जसका लागि सहभागीहरूले आ–आफ्ना सुझाव र अनुभव साझा गरेका थिए ।
पूर्व प्रवासी नेपाली एकता मञ्च युकेका अध्यक्ष देवेन्द्र श्रेष्ठले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्य, एकताको आवश्यकता र वर्तमान राजनीतिक सन्दर्भबारे प्रकाश पार्नुभएको थियो ।
यस्तै, केन्द्रीय समिति सदस्य, (जनता समाजवादी पार्टी (जसपा) पूर्व प्रवास समिति सह-कोषाध्यक्ष लिला सेलिङले धन्यवाद ज्ञापन मनतव्य राख्नुभएको थियो ।
एकतापछिको अधिवेशन ६ महिना भित्र केन्द्रको परिपत्रअनुसार गरिने संयोजक लिम्बुले जानकारी दिनुभयो ।
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
एनआरएनएको अध्यक्षमा जापानबाट रोबिन शेरचनको उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिबद्धता सार्वजनिक
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति