कुन्दुज (अफगानिस्तान), १९ असार । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको दास्त इ आर्ची पुनःकब्जाको लागि सरकारी सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा शुक्रबार १६ जना तालिवानी आतङ्ककारी मारिएका छन् ।
प्रान्तीय सरकारका प्रवक्ता अब्दुल वाडोओदले शनिबार सो जानकारी दिएका हुन् ।
दास्त इ आर्चीमा शुक्रबार बिहानबाट सुरु भएको सो कारबाहीका क्रममा १६ तालिवान बिद्रोहीको मृत्यु हुनुको साथै अन्य कैयाँै घाइते भएका वाडोओदले समाचारदातालाई बताए ।
तालिवान विरुद्ध दुई दिनसम्म जारी सो भीषण कारबाहीका क्रममा चार जना सुरक्षा अधिकारी भने घाइते भएका छन् ।
यद्यपि तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सो जिल्लाको प्रमुख कार्यालय अझै पनि तालिवान आतङ्ककारीको कब्जामा रहेको पुष्टि गरेका छन् ।
तालिवान आतङ्ककारी समूहले दुई हप्ता अगाडि नै चर्दारा र दास्त ई आर्ची जिल्ला कब्जा गरेका थिए ।
सरकारी सुरक्षाबलले सो जिल्लाहरु पुनः कब्जाको लागि जारी राखेका कारबाहीको क्रममा चर्दारा भने पुनः कब्जा गरिसकेका र दास्त ई आर्ची पुनः कब्जाको लागि कारबाही जारी रहेको बताइएको राससले सिन्ह्वालाई उधृत गर्दै जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते