पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान

बेलायत । ननिटन एण्ड बेडवर्थ बरो काउन्सिलले पूर्व गोरखा सैनिक पदमबहादुर गुरुङलाई बरोको सर्वोच्च सम्मान ‘फ्रिम्यान अफ द बरो’ प्रदान गरेको छ ।

गोरखा सैन्यबाट सेवानिवृत्त मेजर पदमबहादुर गुरुङ एमभीओलाई बरोका मेयर काउन्सिलर भीम सारुमगरले फ्रिम्यान अफ द बरो’ को सम्मान प्रदान गरेका छन्। यो सम्मान गुरुङसहित अन्य तीन प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिएको हो।

विगत छ महिनामा नुनिटनस्थित नेपाली समुदायले उल्लेखनीय योगदान र उपलब्धिमार्फत ऐतिहासिक पहिचान बनाएको छ। यसअघि समुदायका दुई सदस्यहरू श्रीमती ममता देवान सुब्बा र मेजर (रिटायर्ड) श्रीप्रसाद गुरुङलाई हाई शेरिफ अफ वारविकशायर चेंज मेकर्स अवार्ड प्रदान गरिएको थियो।

मेजर (रिटायर्ड) गुरुङलाई बरोको सर्वोच्च सम्मान प्रदान गरिनुले यो गौरवमय यात्रालाई अझ सशक्त बनाएको बताइएको छ।

यी उपलब्धिहरूले नुनिटन–बेडवर्थ क्षेत्रमा नेपाली समुदायको बढ्दो प्रभाव, सेवा भावना र सकारात्मक योगदानलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री