
काठमाडौँ । नेपाली कांग्रेस (देउवा पक्ष)को बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै सर्वोच्च जाने निर्णय गरेको हो । नेता डा. प्रकाशशरण महतले भन्नुभयो, ‘हामी भोलि नै यसको खिलाफमा सर्वोच्च अदालत जाँदैछौं । हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ ।’
बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेलाई आयोगले माघ २ गते आधिकारिता दिने गरेको निर्णयलाई नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको छ ।
महतले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाउनुभयो ।
देउवा पक्षले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने जनाएको छ।
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि