काठमाडौँ, १९ असार । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका चार शृङ्खलाअन्तर्गत शुक्रबार राति भएको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डस्माथि तीन विकेटको जित दर्ता गरेको छ ।
नेपाललाई विजयी बनाउन कप्तान पारस खड्काले अर्धशतकीय पारी तथा बलर सोमपाल कामीले अन्तिममा चौका प्रहार गरेपछि नेपाल विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा १३९ रनको बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले खेल सकिन दुई बल बाँकी छँदै सात विकेटकै क्षतिमा लक्ष्य भेटाएको हो ।
नेपालका लागि कप्तान खड्काले ४० बल खेल्दै सर्वाधिक ५४ रनको योगदान दिए ।
त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ल १८, विनोद भण्डारी १३ र शरद भेषवाकरले १२ रन बनाएका थिए भने सागर पुन चार, अनिल मण्डल नौ, सोमपाल कामीले आठ, प्रदीप ऐरीले छ र वसन्त रेग्मीले दुई रन जोडे ।
त्यसैगरी बलिङतर्फ सागर पुन तीन, वसन्त रेग्मी दुई र सोमपाल कामीले एक विकेट लिएका थिए ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा