
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमकासाथ तमु (गुरुङ)हरुको मुख्य पर्व तमु ल्होछार (नयाँ वर्ष) मनाएको छ ।
मंगलबार ३० डिसेम्बर २०२५ (२०८२ पुस १५) मा अल्डरसटस्थित बीसीसी गुम्बामा ल्होछार पर्प मनाइएको हो । नेपालबाट आमान्त्रित धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछे (सुजन गुरुङ)को विशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा दिप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, घनचक्र पूजा गरिएको थियो । उक्त अवसरमा आमान्त्रित टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछे, बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ्ग, लोपेन सोनाम, लोपेन जिग्ने, खेन्पो निमा सिंगे, लामा दिनेश, लामा कर्म, लामा धर्मलगायत धर्मगुरुहरुले पूजापाठ गर्नुभएको थियो ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पुस १५ गते हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछ । सोहीअनुरुप यसवर्ष विश्वभर रहेका गुरुङहरुले सर्प वर्गलाई बिदाइ गर्दै घोडा वर्गलाई स्वागत गरेका हुन् । सो अवसरमा धर्मगुरु टुल्कु थुब्वाङ्ग रिन्पोछेले तमु ल्होछारबारे धार्मिक प्रवचन दिनुका साथसाथै वाङ्ग (अभिषेक) प्रदान गर्नुभएको थियो ।
त्यस्तै, बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख जगना गुरुङको पदाधिकारी तथा सदस्यहरुले टुल्कु थुब्वाङ्ग रिन्पोछेलाई मण्डला अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले गुम्बा परिसरभित्र आफू नेतृत्वको संस्थाको तर्फबाट नयाँ लुंदा फेर्नुभएको थियो । उक्त अवसरमा तमु धीं यूकेकी आमा समूह अध्यक्ष कमला देवी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ तथा पवित्र गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ तथा प्रेमा गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ तथा सन्ध्या गुरुङ, कार्यसमितिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति थियो ।

नयाँ पुस्ताका तमुहरुको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै, बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देब घलेले धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछेको बारेमा छोटो जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा तमु धीं यूके, सहारा यूके, मगर संघ यूके, तामाङ सोसाईटी यूके, थकाली समाज यूके, शेर्पा एसोसिएसन यूके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसट, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लन्डन ब्रान्च, बीसीसी यूकेका ट्रष्टी मेम्बर्सलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । निःशुल्क चियापान, खाजा र खानाको समेत व्यवस्था गरिएको कार्यक्रममा विभिन्न दाताहरुले भोजन दान गरेका थिए ।
कार्यक्रममा गोर्खा किचनका भिम गुरुङले खानाको प्रबन्ध गरेको बीसीसी यूकेले जनाएको छ । त्यस्तै, बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङसहित आमाहरु, पूर्वअध्यक्ष तथा पूर्व आमा प्रमुखहरु, सल्लाहकारहरूले कार्यक्रममा विशेष भूमिका खेल्नुभएको थियो ।
बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बीसीसी यूकेका उपाध्यक्ष बीसीसी यूकेका उपाध्यक्ष रोविन गुरुङले स्वागत मन्तव्य र कार्यक्रम संयोजक एवं बीसीसी यूकेका उपाध्यक्ष मेजर हितमान गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो । महासचिव मेजर कुमार गुरुङ एभभीओले औपचारिक कार्यक्रम संचालन गर्नुभएको थियो ।
बीसीसी यूकेले तमु ल्होछार, सोनाम ल्होछार, ग्याल्पो ल्होसारलगायतका कार्यक्रमहरुमा विशेष पूजापाठ गर्दै आएको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला