क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग

लन्डन । पाँचथर समाज सेवा यूकेले क्यान्सरपीडित पत्रकार कबिन्द्र सेर्मालाई २ लाख ४८ हजार सहयोग हस्तान्तरण गरेको छ ।

बीएफबीएस गोर्खा रेडियोको स्टेसनमा मंगलबार पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्बाङले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रम स्वर्णिम सङ्गम प्रस्तोता तुलसी बस्नेतले रेडियोमा अन एयर र फेसबुक लाइभ प्रसारण गर्नुभएको थियो ।

सहयोग रकम संकलन अभियान यूकेमा रहेका साहित्यकार एवं गीतकार लिलाराज काम्बाङ्ले मुख्य भूमिका खेल्नुभएको थियो भने समाजसेवी सकुन्तला नेम्बाङ, पाँचथर समाज सेवा यूकेकी निवर्तमान अध्यक्ष शान्ति लिम्बु र रुमा साँवासहित खटिएका अध्यक्ष नेम्बाङले जानकारी गराउनुभयो ।

पाँचथर समाज सेवा यूकेबाहेक संघसंस्थाका सदस्य, साहित्यकार गायक/गायिका गीतकारसहितले सहयोग गर्नुभएको थियो । सहयोगदाताहरु सबैको नामावली बीएफबीएस गोर्खा रेडियोबाट वाचन गरिएको थियो । सम्पूर्ण सहयोगदाताहरुलाई पीडित सेर्मा र अध्यक्ष नेम्बाङले धन्यवाद दिनुभएको थियो ।

पीडित सेर्माले आफ्नो स्वास्थ्य सुधार भैरहेको बताउनुभएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रही प्रत्येक महिना अर्को एक वर्षसम्मका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका लागि जानु पर्ने उहाँले सुनाउनुभयो ।

थप उपचारका लागि अझ खर्च चाहिने भएकोले पीडितले फेरि पनि सहयोगको अपेक्षा रेडियोमार्फत राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री