
लण्डन । बेलायत सरकारले प्रोपर्टी मार्केटमा लागू गर्न लागेको नयाँ व्यवस्थाहरुका बारेमा जानकारी दिन ए स्टार मोर्गेजेजले एक वेभिनारको आयोजना गरेको छ ।
यही डिसेम्बर ११ का दिन साँझ ७ः३० बजे जूममार्फत आयोजना गरिएको सो भर्चुअल वेभिनारमा सहभागीहरुले निशुल्क रुपमा भाग लिन तथा विज्ञहरुसित जिज्ञासा राख्न पाउने ए स्टार मोर्गेजेजका मोर्गेज एडभाइजर तथा कार्यक्रम संयोजक रमेश साराङकोटीले जानकारी दिनुभयो ।
वेभिनारमा चार्टर्ड ट्याक्स एडभाइजर लेखनाथ (एलएन) घिमिरे, नर्थउड स्टेट एजेन्टस् आसफोर्डका कोलिन र श्रीमती प्यासेन्स, ए स्टार मोर्गेजेजका मोर्गेज एडभाइजर कुमार गुरुङ तथा ए स्टार रियल स्टेटस्का नारायण तिमिल्सिनाले प्रस्तुति दिनुहुनेछ ।
कार्यक्रम बेलायत सरकारले सन् २०२६ देखि बेलायतको प्रोपर्टी मार्केटमा गर्न लागेको परिवर्तनले मोर्गेज, घरजग्गा कर, घरधनीको अधिकारमा पार्ने असरहरुमा केन्द्रीत हुनेछ । यसका साथै पहिलोपटक घर किन्न चाहने, पहिले घर किनिसकेको तर अहिले अझै राम्रो घर किनेर सर्न खोजिरहेका तथा अर्को घर किनेर भाडामा लगाउन खोज्नेहरुका लागि कार्यक्रम उपयोगी हुने बताइएको छ ।
बेलायत सरकारले भाडामा बस्नेहरुको हक ऐनमा परिवर्तन गरी सो परिवर्तित व्यवस्था सन् २०२६ को मे १ देखि लागू गर्दैछ भने सरकारले हालै जारी गरेको शरदकालिन बजेटमा घर बिक्री तथा भाडामा करका दायरामा नयाँ व्यवस्था लागू गर्ने बताएको छ ।
ए स्टार मोर्गेजेज (ए स्टार फाइनान्सियल सोल्युसन्स)ले एक दशकभन्दा लामोदेखि बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तन बारेमा बेलायतबासी नेपालीहरुलाई निशुल्क रुपमा सेमिनार र वेभिनारमार्फत नियमित रुपमा जनचेतना गराउँदै आएको प्रिन्सिपल मीन दर्लामी बताउनुहुन्छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’