
लण्डन । बेलायतमा उच्च शिक्षा अध्ययनका आउने प्रमुख पाँच मुलुकमा नेपाल पनि परेको छ ।
बेलायतको गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर अन्त्यसम्ममा बेलायतमा उच्चशिक्षा अध्ययनका लागि कूल ४ लाख ३९ हजार ९२४ विद्यार्थीहरू आएकोमा नेपालबाट आउने विद्यार्थीहरूको संख्या २० हजार ५७२ रहेको छ ।
सो तथ्याङ्कका अनुसार अघिल्लो वर्षको अनुपातमा बेलायतमा नेपाली विद्यार्थीको सङ्ख्यामा ८९% ले वृद्धि भएको हो । यो वृद्धिसँगै नेपाल संयुक्त राज्य अमेरिकालाई उछिनेर बेलायतमा अध्ययन गर्न भिसा पाउने शीर्ष पाँच राष्ट्रभित्र परेको छ ।
तथ्याङ्कअनुसार बेलायतमा सबैभन्दा बढी भारतबाट विद्यार्थीहरु आएका छन् । उनीहरूको संख्या ९९ हजार १२८ रहेको छ भने दोस्रो स्थानमा चिनियाँ विद्यार्थीहरू रहेका छन् । ८९ हजार ३९७ चिनियाँ विद्यार्थीले अध्ययनका लागि बेलायतको भिसा पाएका छन् । त्यसपछि पाकिस्तानबाट उच्च अध्ययनका लागि आउने विद्यार्थीहरुको संख्या आउँछ । उनीहरूको संख्या ३६ हजार ९२४ छ भने चौथो स्थानमा नाइजेरियाबाट अध्ययनका लागि आउनेहरू छन् । सो अवधिमा ३० हजार ९ जना नाइजेरियन विद्यार्थीहरूले अध्ययनका लागि भिसा पाएका छन् ।
अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये ६०% भन्दा बढीले मास्टर्स तहको अध्ययनका लागि भिसा लिएका छन् । स्नातक तहमा अध्ययन गर्न आउने विद्यार्थीहरूको संख्या करिब १ लाख मात्र रहेको छ ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन