
लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो रहेको बताउनुभएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शनिबार सहारा यूकेको १४औं वार्षिक च्यारिटी डिनर नाइटमा सम्बोधन गर्नुहुँदै दुवाडीले देशका लागि दूतावास बेलायतका नेपाली संघसंस्थासँग सहकार्य गरेर काम गर्न अग्रसर रहेको बताउनुभयो । उहाँले अरु संस्थालाई पनि सहारा यूकेजस्तै देश र समुदायमा राम्रो छाप छोड्ने खालका कार्य गर्न सुझाउनुभयो ।
छिट्टै संघसंस्थाका प्रतिनिधिहरुसँग दूतावासले भेटघाट राख्ने पनि उहाँको भनाइ थियो । दूतावासले समुदायबाट सधैं रचनात्मक सुझाव सल्लाह अपेक्षा गरेको उहाँले बताउनुभयो । अल्डरसटमा बसोवास गर्ने वृद्धवृद्धालाई लक्षित गर्दै दूतावासले घुम्ती कन्सुलर शिविर गर्ने सोच बनाएको जनाउँदै दुवाडीले स्थानीय संघसंस्थाले स्थान व्यवस्था गरिदिए एक/डेढ महिनाभित्र शिविर सञ्चालन गर्न दूतावास तयार रहेको बताउनुभयो ।
उहाँले आफू भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका लागि लागिरहेको पनि बताउनुभयो ।
कार्यक्रममा समाजमा योगदान दिएका विभिन्न व्यक्तिलाई अवार्ड समेत प्रदान गरिएको छ ।
औपचारिक कार्यक्रम समापन अघि संस्थाका अध्यक्ष कृष्ण गुरुङले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै संस्थाका गतिविधिबारे बताउनुभयो । महासचिव क्याप्टेन (रि.) पिताम्बर गुरुङले हेल्थ एन्ड सेफ्टीबारे जानकारी दिँदै सुरु गरेको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक शारदा गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
यसवर्ष बेलायतमा सक्रिय सामाजिक अभियन्ताद्वय सहारा यूकेका संस्थापक सल्लाहकार तथा तमु धीं यूके पूर्वअध्यक्ष रामचन्द्र गुरुङ सहारा यूके स्पेशल अवार्ड र र सहारा यूकेका सल्लाहकार एवं तमुधिं यूके संस्थापक सदस्य चन्द्रबहादुर गुरुङलाई सहारा यूके अवार्ड २०२५ प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि दुवाडी, सहारा यूके अध्यक्ष गुरुङ र फस्ट लेडी जीना गुरुङले उनीहरुसहित दम्पतीलाई अवार्ड, दोसल्ला, पछ्यौरा र पुष्पगुच्छासहित सम्मान गर्नुभयो ।
कार्यक्रममा द भ्वाइस अफ नेपालकी प्रतिष्पर्धी गायिका निता पुनले गायन प्रस्तुत गर्नुभएको थियो भने सयपत्री कल्चरल ग्रुपका कलाकारहरुले विविध नाच देखाएका थिए । कार्यक्रममा राफल ड्र पनि खेलाइएको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला