
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गत रहेको नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयका माननीय मन्त्री कुलमान घिसिङ र वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेसँग आइतबार अन्तरक्रिया गर्दै छ ।
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मतदान अधिकारजस्ता राष्ट्रका महत्वपूर्ण विषयमा मन्त्री घिसिङ र वरिष्ठ अधिवक्ता घिमिरेसँग अन्तरक्रिया गर्न लागेको समितिका संयोजक बुद्धि सुवेदीले जानकारी दिनुभयो । कार्यक्रम दिउँसो २ बजे (यूके समयमा) जूममार्फत सुरु हुनेछ ।
यस कार्यक्रमले अर्थपूर्ण प्रभाव पार्ने विश्वास समितिका सदस्य डा. कुलप्रसाद कँडेलले व्यक्त गर्नुभयो । समितिका अनुसार, विदेशमा बस्ने नेपालीका लागि नागरिकता निरन्तरता र मतदान अधिकार कानुनी विषय मात्र नभई पहिचान, मातृभूमिप्रतिको दायित्व र आगामी पुस्तासँग जोडिएको संवेदनशील मुद्दा हो। सम्बन्धित सबैलाई कार्यक्रममा सहभागी भई आफ्नो विचार राख्न आयोजकले आग्रह गरेका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?