
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गत रहेको नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयका माननीय मन्त्री कुलमान घिसिङ र वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेसँग आइतबार अन्तरक्रिया गर्दै छ ।
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मतदान अधिकारजस्ता राष्ट्रका महत्वपूर्ण विषयमा मन्त्री घिसिङ र वरिष्ठ अधिवक्ता घिमिरेसँग अन्तरक्रिया गर्न लागेको समितिका संयोजक बुद्धि सुवेदीले जानकारी दिनुभयो । कार्यक्रम दिउँसो २ बजे (यूके समयमा) जूममार्फत सुरु हुनेछ ।
यस कार्यक्रमले अर्थपूर्ण प्रभाव पार्ने विश्वास समितिका सदस्य डा. कुलप्रसाद कँडेलले व्यक्त गर्नुभयो । समितिका अनुसार, विदेशमा बस्ने नेपालीका लागि नागरिकता निरन्तरता र मतदान अधिकार कानुनी विषय मात्र नभई पहिचान, मातृभूमिप्रतिको दायित्व र आगामी पुस्तासँग जोडिएको संवेदनशील मुद्दा हो। सम्बन्धित सबैलाई कार्यक्रममा सहभागी भई आफ्नो विचार राख्न आयोजकले आग्रह गरेका छन् ।
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
नेपालमा एक/दुई हप्तामै राहदानी सेवा सरल हुने
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना