
लन्डन । सिरुबारी गाउँ (नाँसा) यूकेको कार्यसमितिले पूर्णता पाएको छ ।
साउथ ह्यारोस्थित स्पोर्ट्स एन्ड सोसियल क्लबमा शनिबार ११ अक्टुबर २०२५ का दिन भएको दसैं, तिहार कार्यक्रमको अवसरमा डेबिट (दीपक) गुरुङ नेतृत्वको कार्यसमितिले पूर्णता पाएको हो ।
कार्यसमिति अध्यक्षमा डेबिड गुरुङ, उपाध्यक्षहरूमा नवराज गुरुङ र तेजमान गुरुङ, धनबहादुर गुरुङ महासचिव, रङ्गना गुरुङ कोषाध्यक्ष चयन हुनुभएको छ ।
सदस्यहरुमा सन्तोष गुरुङ, कृष्ण गुरुङ, सुजन गुरुङ र नवीन गुरुङ चयन हुनुभएको छ ।
त्यस्तैगरी विजयबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ, प्रकाश गुरुङ र तोरण गुरुङ सल्लाहकारमा चयन हुनुभयो भने महिला चेलीबेटीको संयोजकको जिम्मेवारी जेकी गुरुङले पाउनुभएको छ ।
नेपालबाट आएका प्रख्यात कलाकारद्वय जुनाश्रीस मगर र तीलक गुरुङका साथमा विभिन्न कार्यक्रम गरी सिरुबारी गाउँ युकेले दसैं तिहार कार्यक्रम भव्य रुपमा मनाएको छ ।
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान