लन्डन । सिरुबारी गाउँ (नाँसा) यूकेको कार्यसमितिले पूर्णता पाएको छ ।
साउथ ह्यारोस्थित स्पोर्ट्स एन्ड सोसियल क्लबमा शनिबार ११ अक्टुबर २०२५ का दिन भएको दसैं, तिहार कार्यक्रमको अवसरमा डेबिट (दीपक) गुरुङ नेतृत्वको कार्यसमितिले पूर्णता पाएको हो ।
कार्यसमिति अध्यक्षमा डेबिड गुरुङ, उपाध्यक्षहरूमा नवराज गुरुङ र तेजमान गुरुङ, धनबहादुर गुरुङ महासचिव, रङ्गना गुरुङ कोषाध्यक्ष चयन हुनुभएको छ ।
सदस्यहरुमा सन्तोष गुरुङ, कृष्ण गुरुङ, सुजन गुरुङ र नवीन गुरुङ चयन हुनुभएको छ ।
त्यस्तैगरी विजयबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ, प्रकाश गुरुङ र तोरण गुरुङ सल्लाहकारमा चयन हुनुभयो भने महिला चेलीबेटीको संयोजकको जिम्मेवारी जेकी गुरुङले पाउनुभएको छ ।
नेपालबाट आएका प्रख्यात कलाकारद्वय जुनाश्रीस मगर र तीलक गुरुङका साथमा विभिन्न कार्यक्रम गरी सिरुबारी गाउँ युकेले दसैं तिहार कार्यक्रम भव्य रुपमा मनाएको छ ।