
लन्डन । तमु समाज युकेले १८औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।
लन्डनको विम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै समाज भवनमा ४ अक्टोबर २०२५ मा तमु समाज युकेको स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ (घले)को अध्यक्षतामा सम्पन्न भएको थियो । लन्डन बरो अफ ब्रेन्टका लागि बेलायतका राजका प्रतिनिधि मेइ सिम लाई ओबीई डिएल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम उद्घाटन अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, प्रमुख अतिथि, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन (रि.) डेमबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङले संयुक्त रूपमा गर्नुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उहाँकी पत्नी जयन्ती गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन रि. डेमबहादुर गुरुङ तथा उहाँकी पत्नी चन्द्र सुवा गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, शिवकुमार गुरुङ, तमू धीं यूकेका पूर्वअध्यक्ष तथा तमू समाज युकेका सल्लाहकार सुवसिं गुरुङ बीईएम, गोर्खा जिल्ला गुरुङ समाजका संस्थापक अध्यक्ष तथा तमु समाज युकेका सल्लाहकार ले. रि. थमप्रसाद गुरुङ, तनहुँ जिल्ला समाज युकेका संस्थापक अध्यक्ष, संरक्षक तथा तमु समाज युकेका सल्लाहकार लेख गुरुङ, गोर्खा जिल्लाका पूर्वअध्यक्ष तथा तमु समाज युकेका सल्लाहकार ले. रि. पञ्चबहादुर गुरुङ लगायतका पदाधिकारी, ट्रष्टिज, सल्लाहकार, आमा समूह, युवा समूह तथा बेलायतभरिबाट सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले संस्थाको १८ वर्षको यात्रा, उपलब्धि र आगामी योजनाबारे आफ्ना विचार राखे । शुभकामना मन्तव्यमा निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संस्थाको निरन्तर प्रगति र एकतालाई सराहना गर्दै आगामी दिनहरूमा अझ उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँहरूले संस्था १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दै परिपक्वता प्राप्त गरेको सन्दर्भमा, यस यात्रामा योगदान पुर्याउने सम्पूर्ण पूर्व तथा वर्तमान पदाधिकारी, आजीवन सदस्य, दातृ तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा नवआजीवन सदस्यहरूलाई प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । साथै, उच्च शिक्षा हासिल गरेका र खेलकुदमा उत्कृष्टता देखाएका युवा सदस्यहरूलाई पनि सम्मान गरिएको थियो । अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सुबिन घले (स्नातकोत्तर डिग्री प्राप्त), संगम गुरुङ (मुई थाई खेल विजेता), र धरन रन तथा युके रनका अध्यक्ष सन्तोष राई (लन्डन म्याराथन–२०२५ का गिनिज बुक कीर्तिमानधारी)लाई तमु समाज युके उत्कृष्ट सम्मानपत्र–२०२५ प्रदान गरी सम्मान गर्नुभयो ।
त्यसैगरी, समाजका सहयोगी व्यवसायी प्रकाश गौतम (जय श्री क्रिष्ण ज्वेलर्स, साउथ ह्यारो)लाई समाजमा आर्थिक तथा भौतिक सहयोगको कदरस्वरूप समाजको लोगो अंकित प्ल्याक मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
नेपालबाट आएका चर्चित कलाकार सुरज गुरुङलाई कलाक्षेत्रमा पुर्याएको योगदानका लागि ‘तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरिएको थियो ।
त्यस्तै, समाजको प्रगति र उन्नतिका लागि विशेष योगदान पुर्याउनुभएका आजीवन सदस्यहरू गुमानसिं गुरुङ, बुद्धिबहादुर गुरुङ, बिना गुरुङ, नरबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ र युवा सदस्य ओसिएन रानालाई पनि ‘तमू समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा अभिनन्दन गरिएको थियो । सम्मानकै क्रममा, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेमबहादुर गुरुङलाई नेपाल तथा बेलायतका विभिन्न संघ–संस्थामा सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप ‘तमु समाज युके विशिष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा सम्मानित गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथिलाई स्वागतस्वरूप दोसल्ला ओढाई, समाजको लोगो अंकित प्ल्याक मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन (रि.) डेमबहादुर गुरुङले बधाई तथा शुभकामना मन्तव्य दिँदै तमु समाज युके र तमु प्ये ल्हु संघबीचको सम्बन्ध अत्यन्त घनिष्ट र सधैं सहकार्यपूर्ण रहेको उल्लेख गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाउनुभयो । प्रमुख अतिथिले सम्बोधन गर्दै तमु समाज युकेको एकता, सहयोग र सामुदायिक सेवाको प्रशंसा गर्नुभयो । उहाँले महिला र युवाको भूमिकाको महत्त्वमा जोड दिँदै बेलायतको विन्चेस्टरस्थित गोर्खा संग्रहालयको मर्मत तथा काठमाडौँका विभिन्न विद्यालयका १५ जना छात्राहरूको शिक्षाका लागि आफू आबद्ध पान एसियन वमेन्स एसोसिएसनमार्फत सहयोग गर्दै आएको जानकारी दिनुभयो । साथै, गोर्खा समुदायले बेलायती सेनामा पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै तमु समाज युकेलाई आगामी दिनमा अझ सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिन्दु घलेले प्रमुख अतिथि, अन्य अतिथिहरू, पदाधिकारी, कलाकार, युवा तथा आमा समूहका सदस्यहरू र कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी वर्षहरूमा समाजले सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, समाजको १८औं वार्षिकोत्सव समारोहमा सम्मानित हुनुभएका व्यक्तित्वहरू तथा उच्च शिक्षा हासिल गर्नुभएका युवाहरूलाई बधाईसहित निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा आमा समूह, युवा समूह र बुबा समूहका आकर्षक नृत्य प्रस्तुतिहरू तथा डिजे प्रज्वलमान गुरुङका प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो । साँझ ६ बजे सुरु भएको कार्यक्रम राति १० बजेसम्म उत्साहपूर्वक सञ्चालन भएको तमु समाज युकेका निवर्तमान अध्यक्ष शिबकुमार गुरुङले जानका दिनुभयो ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा