लन्डन । नेपाली राजदूतावास लन्डनले आउँदो २ नोभेम्बरमा आयरल्यान्डमा राहदानी सेवासहितको घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ ।
१ नोभेम्बर २५ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले नवीकरण गराउने सकिने गरी शिविर सञ्चालन गर्न लागिएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । घुम्ती शिविर २ नोभेमरब आइतबार डब्लिनमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म हुने छ ।