
लण्डन । बेलायतमा नेपालीहरूको बाक्लो बसोबास रहेको शहर अल्डरसटमा बुधबार बिहान कारले ठक्कर दिँदा प्रात: कालिन भ्रमणमा निस्केका दुई पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।
बिहान करिब साढे ६ बजेतिर फ्लीट रोडमा भएको सो घटनामा वयोवृद्ध पूर्व गोर्खा सैनिकहरू कुमबहादुर गुरुङ र कुलबहादुर गुरुङको निधन भएको हो ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईका अनुसार उहाँहरू मर्निङ वाकमा निस्कनुभएको थियो । उहाँहरूलाई सडक पार गरिसकेको अवस्थामा कारले ठक्कर दिएको बुझिएको छ ।
कुलबहादुरको घटनास्थलमै र कुमबहादुरको उपचारका लागि अस्पताल लैजाँदालैजाँदै निधन भएको पनि राईले बताउनुभयो ।
घटनामा संलग्न एक ६६ वर्षीय चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गेसो अल्डरसट समितिका सहकोषाध्यक्ष रहेका कुमबहादुर यातायातका नियमहरूका बारेमा सचेत थिए । केही वर्षअघि अल्डरसटमा बाटो काट्ने क्रममा एक पूर्व गोर्खालाई कारले ठक्कर दिएपछि उनी सधैँ हाइभिजिवल ज्याकेट लगाएर हिँड्थे । ‘अरूले किन सधैँ हाइभिजिवल लुगा लगाएको भन्दा उहाँ यो हाम्रो सुरक्षाको लागि हो नि भनेर भन्ने गर्नुहुन्थयो’ कुमबहादुरसित पटकपटक हिँडेका राईले भने ।
राईले सो घटनामा संलग्न चालकलाई पूर्व गोर्खाहरूले चिन्ने गरेको र घटना जातिय द्वेषबाट प्रेरित पनि हुनसक्ने आशंका गरे ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श