लन्डन । रोयल सरे काउन्टी हस्पिटल गिल्फोर्डमा कर्मचारीहरुले भूकम्प पीडितहरुका लागि ९ हजार ८६० पाउण्ड १३ पेन्स् (करिब १५ लाख ७८ हजार रुपैयां) सहयोग गरेका छन् ।
संकलित रकमको चेक मंगलबार अस्पतालका निर्देशक क्रिस मिन्टर, हेड अफ फ्यासेलिटी ड्यारेन बुली, हाउस किपिंग म्यानेजर मारिया राना र फण्ड रेजिंग म्यानेजर शेरा लगायतले नेपाल ब्रिटेन अर्थक्वेक रिलिफ फण्डका आर्थिक संयोजक सूर्य गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
चन्दा संकलनमा नेपाली कर्मचारीहरु नारायण गुरुङ, यज्ञ क्षेत्री, ज्ञानराज गुरुङ लगायत अन्य नेपालीहरु सक्रिय थिए । उनीहरुले केक विक्री, हस्पिटलमै करि डे आयोजना गरि रकम संकलन गरेका हुन् । उक्त सहयोग लन्डनस्थित नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ ।
चेक ग्रहणपछि समाजसेवी सूर्य गुरुङले चन्दादाताहरुप्रति आभार व्यक्त गर्दै शक्तिशाली भूकम्पले पारेको धनजनको क्षतिबारे अवगत गराएका थिए । उनले अब मानिसहरु सामान्य जीवनतर्फ फर्किएको उल्लेख गर्दै नेपालको पुनर्निर्माणमा धेरै रकम आवश्यक भएका बेला अस्पताल कर्मचारीहरुको यो प्रयासले ठूलो अर्थ राख्ने बताए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा