लन्डन । रोयल सरे काउन्टी हस्पिटल गिल्फोर्डमा कर्मचारीहरुले भूकम्प पीडितहरुका लागि ९ हजार ८६० पाउण्ड १३ पेन्स् (करिब १५ लाख ७८ हजार रुपैयां) सहयोग गरेका छन् ।
संकलित रकमको चेक मंगलबार अस्पतालका निर्देशक क्रिस मिन्टर, हेड अफ फ्यासेलिटी ड्यारेन बुली, हाउस किपिंग म्यानेजर मारिया राना र फण्ड रेजिंग म्यानेजर शेरा लगायतले नेपाल ब्रिटेन अर्थक्वेक रिलिफ फण्डका आर्थिक संयोजक सूर्य गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
चन्दा संकलनमा नेपाली कर्मचारीहरु नारायण गुरुङ, यज्ञ क्षेत्री, ज्ञानराज गुरुङ लगायत अन्य नेपालीहरु सक्रिय थिए । उनीहरुले केक विक्री, हस्पिटलमै करि डे आयोजना गरि रकम संकलन गरेका हुन् । उक्त सहयोग लन्डनस्थित नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ ।
चेक ग्रहणपछि समाजसेवी सूर्य गुरुङले चन्दादाताहरुप्रति आभार व्यक्त गर्दै शक्तिशाली भूकम्पले पारेको धनजनको क्षतिबारे अवगत गराएका थिए । उनले अब मानिसहरु सामान्य जीवनतर्फ फर्किएको उल्लेख गर्दै नेपालको पुनर्निर्माणमा धेरै रकम आवश्यक भएका बेला अस्पताल कर्मचारीहरुको यो प्रयासले ठूलो अर्थ राख्ने बताए ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न