
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले यही सेप्टेम्बर १३ तारिख लन्डन फेल्थाममा गर्न लागेको दोस्रो एनआरएनए महोत्सव एवं एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आइतबार पत्रकार सम्मेलन गरी संघले तयारीबारे जानकारी दिएको हो । इभेन्ट संयोजक एवं युथ कोअर्डिनेटर विशाल राईले यसपटक कुल ३९ टिममध्ये २४ मेन, १२ भेट्रान एवं ३ महिला टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा टिम ‘ड्र’ समेत गराइएको थियो ।



नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्धनका लागि एनआरएनए नेपाल महोत्सव र बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप प्रतियोगिता गर्न लागिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताउनुभयो ।
इभेन्ट प्रवेश शुल्क र पार्किङ शुल्क केही नलाग्ने पनि उहाँले प्रस्ट्याउनुभयो । खेलले मानिसको मानसिक, शारीरिक एवं सिर्जनशीलता वृद्धि गर्ने बताउँदै संयोजक राईले अघिल्लो वर्ष ४ हजार दर्शकले खेल हेरेकाले आफूहरु यसपटक पनि उत्साहित भएको बताउनुभयो।
पत्रकार सम्मेलनमा एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन, आईसीसी सदस्यहरु शारदा गुरुङ, विजय गुरुङ, सल्लाहकार नरमति पुन लगायतले यस वर्ष पनि प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेको कार्यक्रममा पत्रकार सम्मेलनमा एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, प्रमुख सल्लाहकार क्या. रिटायर्ड वीरबहादुर थापा, लगायतको सहभागिता थियो ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ