लण्डन । बेलायतको विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका नेपाली तथा बेलायती विधार्थीहरुको समूह युनाईट फर नेपालले भूकम्पबाट ध्वस्त नुवाकोट जिल्लाको थप्रेक गाविसस्थित उदय जालपादेवी माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
भुकम्पले पूर्ण क्षति भएको सो विद्यालयलाई कम्प्युटर, प्रिन्टर, कपी, मार्कर, ह्वाइटवोर्ड, डस्टर आदि वितरण गरिएको संस्थाले जनाएको छ ।
करिब ३००विद्यार्थी सो विद्यालयमा अध्ययन गरिरहेका छन् ।
अमेरिकामा मुख्य कार्यालय रहेको इन्टर्नेशनल डेभ्लोपमेन्ट इन्सिच्युटको अन्तर्गत युनाईट फर नेपाल बेलायतको टिमले विद्यालयलाई राहत सामग्रीहरु जुटाएको हो | बेलायतबाट नारायण अधिकारी,हिमाल कार्की, विनु सुबेदी कार्की, कलाकार कालुराम जिम्बा, बिरेन्द्र कार्की, स्मृति मिश्र, लिब्बी विल्किनसन, हाना फारेल, एडिल वेदरली र नेपालबाट माधवराज अधिकारीले युनाईट फर नेपालमा सहोग गरेका थिए ।
गत आइतबार असार १३ गते उदय जालपादेवी माध्यमिक विद्यालयमा इन्टर्नेशनल डेभ्लोपमेन्ट इन्सिच्युटले एक कार्यक्रम गरी प्रधानाध्यापक केदार थापा र स्थानीय अभिभावकको माझमा माधवराज अधिकारीले सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए । भविष्यमा पनि इन्टर्नेशनल डेभ्लोपमेन्ट इन्सिच्युटको सहयोगमा युनाईट फर नेपाल टिमले विभिन्न खालको सामाजिक जनचेतनामूलक कार्यक्रम तथा विद्यालयमा सहयोग पुर्याउने बताइएको छ । जसअन्तर्गत विद्यालयलाई टिचिंग मेथड, स्थानीयस्तरमा चेलीबेटी बेचबिखनविरुद्द जनचेतना, पब्लिक हेल्थ, प्राविधिक शिक्षा जस्ता कार्यक्रम आयोजना गरिने छ ।
हाल बेलायतको कुनै एक विद्यालय र उदय जालपादेवी विद्यालयबीच फ्रेन्डशिप रिलेशन स्थापना गराउन पहल भइरहेको बताइएको छ । दुई देशको विद्यालय बीच फ्रेन्डशिप रिलेशन स्थापना हुन गएमा दुवै देशको विद्यार्थीबीच एक आपसमा सम्पर्क हुने माध्यम स्थापना हुने छ र दुवै देशको साँस्कृतिक तथा सामाजिक पक्षका ज्ञान हासिल गर्ने मौका पाउने छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे