
लन्डन । जी–७ राष्ट्रका नेताहरूले युक्रेनविरुद्ध जारी युद्ध अन्त्य गर्न रूसमाथि थप दबाब बढाउने सहमति जनाएका छन् । फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोमाथि प्रतिबन्ध कडा बनाउने विषयमा छलफल गरेका हुन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि शिखर सम्मेलनमा सहभागी हुनुभएको छ । सम्मेलनका क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य जी–७ नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो ।
फ्रान्सेली कूटनीतिक स्रोतका अनुसार नेताहरूले ग्यास र तेल क्षेत्रमा थप प्रतिबन्धमार्फत रूसमाथि दबाब बढाउने निर्णय गरेका छन् । साथै, युद्धको वर्तमान अवस्थाले युक्रेनलाई केही रणनीतिक लाभ पुगेको निष्कर्षसमेत निकालिएको छ ।
राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसले सम्झौता गर्नुपर्ने बताउनुभएको छ । उहाँले युद्धका कारण दुवै पक्षमा ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनका प्राथमिकतामा हवाई प्रतिरक्षा प्रणाली सुदृढीकरण, जाडो मौसमका लागि सहयोग तथा रूसमाथि थप अन्तरराष्ट्रिय दबाब रहेको बताउनुभएको छ । उहाँले रूस युद्धमा विजयी नभएको र राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बेलायती प्रधानमन्त्री केयर स्टार्मरले पनि रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरिएको जानकारी दिनुभयो । ती प्रतिबन्धमा रूसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानीमा संलग्न ट्याङ्करहरू समेटिएका छन् ।
शिखर सम्मेलनमा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको पछिल्लो समझदारीपछि क्षेत्रीय स्थायित्वका विषयमा आफ्ना सहयोगी राष्ट्रसँग विचारविमर्श गर्नुभएको जनाइएको छ ।
तीनदिने शिखर सम्मेलन बुधबार सम्पन्न हुने कार्यक्रम छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल