
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेटघाट भएको छ ।
बुधबार महासंघको केन्द्रीय कार्यालयमा भएको भेटमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा लगायतका पदाधिकारीले नेपाली पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अध्यक्ष शर्माले विशेषगरी विदेशमा रहेका नेपाली पत्रकारहरूसँग सहकार्य बढाउँदै सूचना आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने आवश्यकतामा जोड दिनुभयो । उहाँले प्रवासमा रहेका नेपालीका मुद्दा, उपलब्धि र चुनौतीलाई सन्तुलित र यथार्थपरक रूपमा प्रस्तुत गर्न मिडियाको दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले गैरआवासीय नेपालीका मुद्दाहरूलाई मिडियाले प्राथमिकताका साथ बहस र पैरवी गर्नुपर्ने बताउँदै एनआरएनएभित्र रहेको विशाल सम्भावना, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।
महासंघका उपाध्यक्ष बुद्धि सुवेदी तथा महिला उपाध्यक्ष टीका गुरुङले पनि पत्रकारिता क्षेत्रको विकास र एनआरएनएसँग सहकार्यका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
यसैबीच, महासंघका महासचिव डा. चिरञ्जीवी खड्काले पत्रकारिताको भूमिका र जिम्मेवारीबारे चर्चा गर्दै रचनात्मक आलोचनामार्फत खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मिडियाले सन्तुलित, तथ्यपरक र जिम्मेवार ढंगले आफ्नो दायित्व निर्वाह गर्दै सकारात्मक परिवर्तनमा योगदान दिनुपर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले एनआरएनएसँग रचनात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सहकार्यका विभिन्न आयामहरू अघि बढाउन प्रस्ताव गर्नुभयो।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]