
लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा बर्सेनि आयोजना गर्दै ल्याएको पाँचथर कप आगामी मे २ तारिखमा हुने भएको छ । यो १३ औं संस्करणको प्रतियोगिता हो ।
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्र नेम्बाङको अध्यक्षतामा नवौं कार्यसमितिको भर्चुल माध्यमबाट बसेको दोस्रो बैठकले पाँचथर कपको मिति तय गरेको खेल संयोजक एवं कार्यसमिति सदस्य देउमान लावतीले जानकारी दिनुभयो । त्यसैगरी वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम जुन १३ तारिखमा तोकिएको छ ।
बैठकले निवर्तमान अध्यक्ष शान्ति लिम्बुलाई सल्लाहकारमा मनोनीत गरेको छ । त्यस्तै निवर्तमान सल्लाहकारहरु यथावत् राख्ने निर्णय पनि गरिएको छ ।
गत अधिवेशनमा पारित गरेबमोजिम आजीवन सदस्यबाहेक साधारण सदस्यहरुले २० पाउन्ड तिरी सदस्यता नवीकरण र सदस्यता सक्रिय सदस्य बन्न पाइने, श्रीमान्/श्रीमती दुवै जना सदस्य बन्न चाहेमा ३० पाउन्ड शुल्क चुक्ता गरी एक्टीभ मेम्बर बन्न पाइने प्रस्ताव बैठकले पारित गरेको छ ।
महासचिव पारु राई र सचिव प्रताप तामाङ घरायसी कार्य व्यस्तताले केही समय संस्थामा अनुपस्थित रहेका कारण सहसचिव राजन सेलिङलाई सचिवको जिम्मेवारी सुम्पिएको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबो, उपाध्यक्षहरुमा दीपा योङ्या लिम्बु, लाहाङ चेम्जोङ, खुशी लिम्बु, गेहेन्द्र थाम्सुहाङ, सचिव राजन सेलिङ, सदस्यहरु देउमान लावती र धनकुमार नेम्बाङको उपस्थिति रहेको थियो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत