
लन्डन । ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु भएको छ। अल्डरशटस्थित ग्यारिसन स्पोर्ट्स सेन्टर, रावलिन्सन रोडमा आइतबार आयोजित खेलमा पाँच टोलीले सहभागिता जनाएका थिए ।
लिगअन्तर्गत पहिलो खेल ह्याम्पशायर हूपर्स र ग्रीनफोर्ड नाइट्सबीच भएको थियो भने दोस्रो खेल कोलचेस्टर एलिट्स र स्यान्डहर्स्ट निक्सबीच भएको थियो । यसैगरी तेस्रो खेल डीबीएस र ग्रीनफोर्ड रोभर्सबीच सम्पन्न भयो भने चौथो खेल बेजीङस्टोक माम्बास र साउथ आशफोर्ड वुल्भ्सबीच खेलिएको थियो । पाँचौँ खेल हिमालयन हीट र बलर स्ल्यामर्सबीच भएको थियो।
यसपटक पुरुषतर्फ ११ टिम र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्नेछन्। लिग चरणपछि क्वार्टर–फाइनल, सेमिफाइनल र फाइनल खेलहरू आयोजना गरिनेछ। महिलातर्फ भने ‘होम एण्ड अवे’ प्रणालीअनुसार प्रत्येक टिमले २–२ खेल खेल्नेछन् र त्यसपछि फाइनल खेल हुने नेपाल बास्केटबल लिग २०२६ का कोअर्डिनेटर तथा कोच सार्थक गुरुङले बताए।
उक्त लिग आयोजना गर्न विमेन्स बलर्स क्लब (डब्लुबीसी) सँग पनि सहकार्य भै रहेको गुरुङले जनाए । उनले प्रमुख प्रायोजक ए स्टार लगायत सबै प्रायोजकहरुलाई धन्यवाद पनि दिए । लिगदेखि सेमिफाइनलसम्मका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र एल्डरशट ग्यारिसनमा सञ्चालन गरिनेछन् भने ४ जुलाई २०२६ मा सम्पन्न हुने फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिने आयोजकले जनाएका छन् ।
नेपाल बास्केटबल लिग २०२६ का कोअर्डिनेटर तथा कोच सार्थक गुरुङले हरेक आइतबार पांच ओटा गेम संचालन हुने, टप आठ ओटा टोली नक आउटमा पुग्ने र त्यस पछि क्वार्टर फाइनल, सेमी फ़ाइनल्स र फाइनल प्रतियोगिता हुने जनाए । उनले गत जनवरी महिनामा नेपाल बास्केटबल यूकेले अन्डर २३ टुर्नामेन्ट आयोजना गरेको र उक्त प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका युवाहरुको सहभागिताबाट आफुहरु निकै उत्साहित भएको बताए।
सुरुदेखि नै लिगको प्रमुख प्रायोजक रहँदै आएको ए स्टार फाइनान्सियल सलुशन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामीले बेलायतमा रहेका नेपाली युवायुवतीका लागि एक प्लेटफर्म सृजना गरी बास्केटबलमार्फत उनीहरुको व्यक्तित्व विकासमा सघाउने उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए । युवाहरुलाई प्रोत्साहन गर्ने कार्यमा ए स्टारले निरन्तर सहयोग पुर्याउदै आएको पनि दर्लामीले जनाए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा