
काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा स्कटल्यान्डले आयरल्यान्डमाथि जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपरसिक्स चरणको पहिलो खेलमा स्कटल्यान्डले जित निकालेको हो ।
आयरल्यान्डमाथि ३९ रनको जित हात पार्दै स्कटल्यान्डले खेल आफ्नो हातमा पारेको हो । सुरुमा टस हारेर फिल्डिङको निम्तो पाएको स्कटल्यान्डले पाँच विकेटको क्षतिमा १६० रन बनाएको थियो । स्कटल्यान्डकी सारा ब्राइसले ४७ रन जोडिन् भने क्याथरिन ब्राइसले २३ बलमा ३० रनको योगदान दिएकी हुन् । ।
जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाउन सक्यो । आयरल्यान्डलाई लक्ष्य भेट्टाउनबाट रोक्ने क्रममा स्कटल्यान्डकी क्याथरिनले चार विकेट लिएकी थिइन् ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द