
लण्डन । गोरखाहरु कहिल्यै मिल्न जान्दैनन् भनेर लाग्ने गरेको आरोपलाई चिर्दै विभिन्न दशवटा संस्थामा आवद्ध गोरखाहरु बेलायत सरकारसितको वार्तामा आफ्नो तर्फबाट साझा अजेण्डा बनाएका छन् ।
आज बेलायतस्थित नेपाली दुताबासमा बसेको दशवटा भूतपूर्व गोरखा सैनिकहरुको बैठक (जी टेन) ले गोरखाहरुको तर्फबाट साझा अजेण्डा बनाएको छ ।
यसरी तयार पािरएको अजेण्डामा सबै गोरखा संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरी बेलायतका लागि नेपाली कार्यबाहक राजदुत विपिन दुवाडीलाई हस्तान्तरण गरेका छन् ।
बैठकमा सहभागी गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का उपसभापति धर्मबहादुर तामाङले विगतका बैठक, वार्ताहरुमा कसले कहिले फरक फरक धारणा राख्ने गरेकोमा अब तयार गरिएको साझा अजेण्डा अनुसार सबैको एउटै राय राखिने जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा अनुपस्थित रहनुभएका संस्थाका प्रमुखहरुलाई पनि सो अजेण्डाका बारेमा जानकारी गराएर उहाँहरुकै स्वीकृतिमा हस्ताक्षर गरिएको छ ।
सो साझा अजेण्डमा के के हुन् भन्ने अहिले सार्वजनिक नगर्ने सहमति भएको पनि तामाङले बताउनुभयो ।
आजको बैठकमा तामाङका साथै गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राई, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष टिकेन्द्रदल देवान, मेजर जुदबहादुर गुरुङ, धन गुरुङ, पुष्पा राणा घले, विष्णु गुरुङ, बिजीनेशाका प्रतिनिधि दिल जिसी लगायतको उपस्थिति रहेको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’