दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न

कांग्रेस विशेष महाधिवेशनको बन्द सत्र काठमाडौँ, २९ पुसः नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा सहभागीहरु । तस्बिरः हरिराम भेटुवालररासस

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको विशेष महाधिवेशनको बन्दसत्र दुई प्रतिवेदन पारित गर्दै मंगलबार सम्पन्न भएको छ ।

यही पुस २७ र २८ गतेका लागि आह्वान भएको विशेष महाधिवेशनको बन्दसत्र पुस २८ गतेदेखि सुरु भएको थियो । आज साँझसम्म सञ्चालन भएको बन्दसत्र महामन्त्री गगनकुमार थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको साङ्गठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो ।

यसैगरी बन्दसत्रबाट आजै गठन गरिएको केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । उक्त तालिकाअनुसार बाँकी रहेको उम्मेदवारी मनोनयन दर्ताको समय परिवर्तन गरी बुधबार बिहान ८:०० बजेदेखि ९:०० बजेसम्मका लागि निर्धारण गरिएको समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री