
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको विशेष महाधिवेशनको बन्दसत्र दुई प्रतिवेदन पारित गर्दै मंगलबार सम्पन्न भएको छ ।
यही पुस २७ र २८ गतेका लागि आह्वान भएको विशेष महाधिवेशनको बन्दसत्र पुस २८ गतेदेखि सुरु भएको थियो । आज साँझसम्म सञ्चालन भएको बन्दसत्र महामन्त्री गगनकुमार थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको साङ्गठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो ।
यसैगरी बन्दसत्रबाट आजै गठन गरिएको केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । उक्त तालिकाअनुसार बाँकी रहेको उम्मेदवारी मनोनयन दर्ताको समय परिवर्तन गरी बुधबार बिहान ८:०० बजेदेखि ९:०० बजेसम्मका लागि निर्धारण गरिएको समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन